टर्कीमा रेल दुर्घटनाः ९ जनाको मृत्यु ,५० जना घाइते

 

टर्की । टर्कीमा एक उच्च गतिको रेल दुर्घटनामा परेको छ। दुर्घटनामा परी कम्तिमा ९ जनाको मृत्यु भएको छ भने ५० बढी घाइते भएका छन्। अन्कारा स्टेशनमा विहिबार एक मर्मत कार्यमा खटिएको रेलसँग ठोकिन पुग्दा दुर्घटना भएको अधिकारीहरुले बताएका छन्। रेल अन्कारबाट टर्कीको केन्द्रीय प्रदेश कोन्याका लागि हिडेको थियो। मृत्यु हुनेमा तीन रेलका चालक समेत रहेका छन्।