भारतका चर्चित अभिनेता कादर खानको क्यानडामा निधन

Maitrinews

 

क्यानडा । प्रसिद्ध भारतीय अभिनेता कादर खानको निधन भएको छ । ८१ बर्षको उमेरमा उपचारको क्रममा खानको क्यानडामा धन भएको बीबीसीले जनाएको छ ।
भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले उनका छोरा सर्फराजलाई उद्धृत गर्दै डिसेम्बर ३१ मा उनको निधन भएको उल्लेख गरेको छ ।

खान उपचारमा रहेकै बेला गएका केही दिन मिडियामा उनको मृत्यु भएको हल्ला चले पनि त्यसको पुष्टि भएको थिएन ।

खानको अन्तिम संस्कार क्यानडामै गरिने समाचारमा जनाइएको छ । उनी चार महिनादेखि क्यानडामा उपचाररत थिए ।
८१ बर्षिय खान सुप्रान्युक्लियर पाल्सी नामक समस्याबाट पीडित थिए । अफगानिस्तानको काबुलमा जन्मिएका खानले सन् १९७३ मा राजेश खन्नाको फिल्म दागबाट फिल्मी दुनियाँमा प्रवेश गरेका थिए ।

खानले करिब ३०० भन्दा बढी फिल्ममा अभिनय गरेका छन् । उनले २५० भन्दा बढी फिल्ममा सम्वाद लेखेका छन् ।