यो आधार वर्ष भनिएको–सरकार र संसदको यस कार्यकालको लागि मात्रै होइन् । संविधान बनेपनि संविधान कार्यान्वयनका लागि कानुनहरु थिएनन् । संविधानले संरचनाको कल्पना ग¥र्यो । संरचना थिएनन् । निर्वाचन भयो । निर्वाचन भएपनि प्रतिनिधि सभा कता बस्ने, राष्ट्रिय सभा कता बस्नेदेखि लिएर प्रदेश सभा कहाँ बस्ने, प्रदेश सरकार कहाँ बस्ने केही पनि थिएन् । २० वर्षदेखि स्थानीय निकायहरु रिक्त थिए । त्यस अवस्थामा संरचनागत पक्षको तयारी गर्नु आवश्यक थियो । कर्मचारीहरुको संमायोजन गर्नु जरुरी थियो । यो अभ्यास, विल्कुलै नयाँ अभ्यास थियो । यो सङ्घीय शासन प्रणाली नेपालको इतिहासमा पहिलो र पृथक हो । यो असजिलो प्रणाली हो । अर्कोतिर हामी कहाँ कुनै अभ्यास नभएको । कुनै दृष्टान्त नभएको । कुनै उदाहरण नभएको । कुनै नजिर नभएको । त्यस्तो व्यवस्था हो । जो आफैले नयाँ अभ्यासद्धारा नजिरहरु अनुभवका आधारमा स्थापित गर्दै जानुपर्छ । अर्कोतिर लोकतन्त्र, मैले भन्ने गर्छु यो वेस्टमिनिस्टेरियल प्रणाली हो । तर हाम्रो यो संसदीय व्यवस्था ठ्याक्कै त्यस्तो होइन । यसमा जे जे कम्पोनेन्ट छ, त्यो पृथक छ । समानुपातिक प्रतिनिधित्वको प्रणाली, समावेशीताको प्रणाली । यस्ता कुराहरु यसभित्र छन् । जसले गर्दा यसलाई साधारण संसदीय प्रणाली भन्दा पृथक बनाएको छ । यो आफैमा अभ्यास गर्न सजिलो कुरा होइन् ।

अर्को हाम्रो जस्तो गरिब र पछौंटे जस्तो देशमा यो अभ्यास अझ जटिल कुरा हो । अर्कोतिर हामीले गणतन्त्र ल्याएका छौं, जो नेपालको इतिहासमा राज्यहरुको निर्माणपछि गणतन्त्रात्मक राज्य, सुरुका कविलातन्त्र राज्यबाट जब रजौटातन्त्रमा गयो–त्यो हजारौं वर्षको इतिहास भयो । हामी किराँतवंशी, लिच्छवीवंशी हुदँैहुदैँ  २ सय ४० वर्ष राजतन्त्रले शासन ग¥र्यो । यत्रो लामोे राजतन्त्रात्मक पृष्ठभूमि, यसलाई हामीले गणतन्त्रमा लग्यौं । यस्तो स्थितिमा यो नयाँ अभ्यासका लागि संविधान अनुरुपका कानुन निर्माण, नयाँ परिवेश र परिस्थिति अनुसारको कानुन निर्माण, संरचनाहरुको तयारी जस्ता कामहरु यतिबेला नै गर्नु पर्यो । यही वर्षमा नै गर्नु पर्यो । र, हामीले गरेका पनि छौं । के के ग¥यौं भनेर फेहरिस्त गर्न पनि चाहन्न अहिले, त्यो जरुरी पनि छैन् । अब अर्कोतिर कसरी हाम्रा विकासलाई अगाडि बढाउने ? राजनीतिक मुद्दाहरु एउटा असाधारण ढंगले समाधान ग¥यौं । द्धन्द्ध समाधान ग¥यौं र द्धन्द्ध समाधान भइसक्यो । व्यवस्थापन भइसक्यो । अब त्यसका केही घाउँखत, असरहरु बाँकी छन् । तिनीहरुलाई हामीले समाधान गर्नु छ । तर द्धन्द्ध नै छैन् अब । अर्कोतिर, अब नयाँ ढंगले हामी अगाडि बढ्नु छ । हिजो त हामी आन्तरिक समस्यामा पिरोलिएका थियौं । अब आन्तरिक समस्या समाधान गरेर सहयोग, सम्बन्ध, सहकार्य र सद्भावका साथ हामी सीमा भन्दा बाहिरसम्म निस्किएका छौं ।

यदि म २०६३ साल भन्दा अगाडि म प्रधानमन्त्रीको हैसियतमा कुनै देश जान्थे भने एउटा राजाको रैती, प्रजा, जो कम्पाले प्रधानमन्त्री खाएको छ, त्यस्तो प्रधानमन्त्रीको हैसियतमा हिड्नु पर्ने थियो । त्यो अवस्थामा मसंग कुनै स्वाभिमान र तागत छ भन्ने हुँदैनथ्यो । त्यस्तो अवस्थामा न जनताबाट मलाई शक्ति चार्ज भएको हुन्थ्यो ।

यस्तो अवस्थामा शक्तिहीन, चार्ज सकिएको ब्याट्री–जो पिलपिल गर्छ । त्यसप्रकारको स्थितिमा जानु पर्दथ्यो भने आज त  सार्वभौमसत्ता सम्पन्न जनताले बनाएकोे  संविधान, संविधानले परिकल्पना गरेको प्रणाली र जनताबाट बहुमत प्राप्त सरकार सहित म जाँदा एउटा रैती होइन्, सार्वभौम जनताको प्रतिनिधि, सार्वभौम राष्ट्रको प्रतिनिधि, स्वाधीन राष्ट्र र स्वाधिनतासहितको हैसियतले प्रधानमन्त्रीको रुपमा समस्याहरुको समाधान गर्न सकेको प्रणाली, व्यवस्था र दलको प्रतिनिधिको रुपमा र अनुभवका साथ, दृष्टिकोणका साथ आज बाहिर जान्छु भने बाहिर जाँदाको बेग्लै हुन्छ त्यो । जो दुनियाँले देखेको छ । देखिएको पनि छ एकवर्षमा । कि यसको प्रस्तुती नै फरक छ । हामी एउटा स्वाधीन राष्ट्रको हिसाबले । कहिले कहिले अभ्यासवस् कुनै देशले नेपालले यसो गर्नु पर्र्यो भन्ने गर्र्यो भने म भन्ने गर्छु नेपाल एउटा स्वाधीन देश हो । सबै भन्दा ठुलो गर्व गर्ने कुरा यही छ कि हाम्रो उहिलेदेखि पुर्खाको पालादेखि दुनियाँ उपनिवेशको चक्रब्यहुमा जकड्दिा पनि यो स्वाधीन रहेको मुलुक र स्वाधीनताका साथ अगाडि बढेको देश, त्यस स्वाधीनताको सगौरव यसले उपयोग गर्दछ । कुनै दवाव पर्दैन र स्वाधीनताको सौदावाजी गर्दैन् । कुनै यो लाभ, त्यो लाभसंग स्वाधीनतालाई साट्दैन् ।

यो त्यस्तो देश हो । त्यस देशले आफ्ना आन्तरिक नीति वा बाह्य नीतिहरु स्वतन्त्र ढंगले निर्धारण गर्छ र अगाडि बढ्छ भन्छु । आज हामी त्यस विन्दुमा छौं र विकासको अब हामीले एउटा नयाँ संकल्प, कृषिको आधुनिकीकरण, उद्योगको निम्ति आन्तरिक र बाह्य पुँजी परिचालन गर्न आकर्षक ऐन, कानुन बनाउनेदेखि लिएर वातावरण बनाउनेदेखि लिएर, एकद्धार बनाउनेदेखि लिएर, प्रशासनिक उल्झन्, झन्झटहरु समाप्त पार्नेदेखि लिएर यी सब कामहरु गरिएका छन् । र, नीतिहरु तय गरिएको छ । कृषिको आधुनिकीकरण कसरी गर्ने ?त्यस सम्बन्धमा हामीले, म जुन देशमा जान्छु त्यहाँ कृषिको, जुन देशमा जान्छु त्यहाँ आधुनिकीकरणको, जुन देशमा जान्छु त्यहाँ प्रविधिको विकास भएको हेर्छु र ती चिजहरुलाई कसरी हाम्रो विकासमा जोड्न सकिन्छ वा ल्याउन सकिन्छ भन्ने कुराहरु म गरिराखेको छु ।

कतिपय साथीहरुमा अलिकति असन्तुष्टि पनि छ, त्यो स्वाभाविक पनि हो । त्यो असन्तुष्टि आफ्नो ठाउँमा होला । तर, हामी एउटा नयाँ ढंगले अगाडि बढेका छौ र यसले नयाँ तरंग आएको त यसै बुझ्न सकिन्छ । बाहिर जानेको संख्या घटेको छ, कामदारहरुको । रेमिट्यान्स बढेको छ । त्यर्स लाइनियमित गरिएको छ । नियमन गरिएको छ । बाहिर जाने आवश्यकता घटेको छ । ३९ प्रतिशत संख्या घट्नु भनेको सानो कुरा होइन् । ३१ प्रतिशत आम्दानी बढ्नु, त्यसबाट रेमिट्यान्स बढ्नु यो पनि छ । ३१ प्रतिशत बृद्धि भएको  । अर्थात् नियमन भएको छ र बाहिर जाने आवश्यकता न्यून भएको छ ।

यहाँले  आर्थिक सुशासनको सबैभन्दा महत्वपूर्ण काम भएको छ भन्न खोज्नुभएको हो ?
भएको छ र भ्रष्ट तत्वहरु कारवाहीको डरले राजनीनामा दिएर भाग्ने स्थितिमा छन् । कतिपय राजनीनामा दिएर भाग्दैछन् । कतिपय अरु भाग्छन् । भाग्दैनन् भने कारवाहीमा पर्छन् । म के भन्छु भने सरकार चुप लागेर बसेको छैन् । अनुगमन माथि अनुगमन भइराखेको छ । हरेकमाथि लेन्स लगाएर हेरेको छु मैले, अथवा मेरो संयन्त्रले । सरकार यत्तिकै चुप लागेर बसेको छैन् । सरकारी तवरबाट भ्रष्टचार कहाँ हुन्छ भन्दा सरकारी संयन्त्रसंग मिलेर नै भ्रष्टाचार भएको होला । तर संगसंगै त्यहाँ भ्रष्टाचार नियन्त्रक निकायहरुले मसिनो गरी माइक्रोस्कोपले हेरिराखेका छन् । दुरबिन लगाएर हेरिराखेका छन् ।

यहाँले शास्त्रार्थको कुरा भन्ने गर्नहुन्छ । चाण्क्य (कौटिल्य)को नीति भन्ने  गरेको कारणले मैले यहाँलाई सम्झाउँ कि एकठाउँमा कौटिल्य भन्छन्, सागर वा नदीमा मछली कितना पानी पिता है, किसीको पत्ता हि नही । प्रशासनमा कित्ने हद्तक भ्रष्टाचार होता है किसीको भि पत्ता नही । लेकिन विधि है । इसिलिए ऐसा करना पड्ता है । भनेपछि यहाँले बुझिहाल्नु भयो । त्यो काम इमानका साथ गरेको छु भन्न सक्नु हुन्छ आज ?

गजवले ! मज्जाले ! अहिले म तपाईंतिर हेरिरहेको छु र यो टेलिभिनमा प्रसारण हुदा तपाईंतिर हेरेको जस्तो देखिन्छ । म क्यामेरातिर हेरेर भन्न चाहन्छु, जुन दर्शकतिर हेरेको देखिन्छ–म भ्रष्टाचार गर्दिन, गर्न दिन्न । अरुलाई पनि गर्न दिन्न ।

अहिले भएको छ कि छैन् ?
मैले गरेको छैन् । भ्रष्टहरुलाई कारवाही गर्छु ।

भ्रष्टहरुलाई चिन्नित गर्नु भएको छ ?
कारवाही भइराखेको छ त ।

एउटा त्यो भयो, अझ मैले अघि माछाको भने जस्तो गर्दा त्यसको विद्यि छ । त्यसको विद्यि भन्दा यहाँले सम्झिहाल्नु भयो….

मान्छे भागिरहेका छन् । तपाईंले यो अन्तवार्ता प्रशारण गर्दासम्म यसका छनकहरु पाउनु हुने छ ।  अझ भाग्छन् । तर भागेपनि छोड्दिन् ।

यसका लागि यहाँलाई धेरैधेरै धन्यवाद ! संयन्त्र छ ?
छ ।
तर आज चाहिँ आर्थिक क्षेत्रमा एकथरिले एकदमै उत्पात्तै पार्दियो, बिगारिदियो, सिध्याईदियो । जुन यहाँले भनेको भाग्दै गरेकाहरुको स्वर होला भन्ने म ठान्छु र आर्थिक रुपमा चाहिँ हामीले जनतालाई बुझ्ने यो समृद्धिको आधार वर्ष बनाउनको लागि ठ्याक्कै यो यो गर्यौं भनेर भन्न सक्नु हुन्छ ?

थुप्रो भन्न सकिन्छ । एउटा हामीले  स्वास्थ्य क्षेत्रमा स्वास्थ्य जीवन बीमा । सामाजिक सुरक्षाको प्रबन्ध, योगदानमा आधारित र अनौपचारिक क्षेत्रलाई पनि औपचारिक क्षेत्र सरह व्यवस्थापन गर्नेगरी एउटा युगान्तकारी र साच्चैँ यो नयाँ युगको सुरुवात गरेका छौ । यो लोककल्याणकारी राज्यको महत्वपूर्ण पाटो हो । अर्को हामीले एउटा कार्यक्रम अगाडि बढायौं रोजगार सम्बन्धी र अब यति ठुलो ऐतिहासिक मात्रै होइन् महत्वाकाँक्षी र असाधारण ।

बेरोजगार देशमा रोजगार दिन नसके दण्ड तिर्छु, पैसा तिर्छु भन्ने राज्य तयार गर्नु भयो ?
हो, यो त कम विकसित देश । अविकसित देश । बेरोजगार भएको यस्तो देश । यस्ता देशमा यो सानो तिनो आँट र हिम्मतले गरिने कुरा होइन् ।

अर्को वर्ष हामीले कुरा गर्दा त्यो गल्ति गरिएछ कि क्या हो भन्ने पर्ला कि ?
पर्दैन् ।

यो सपना हो कि व्यवहार हो ?
जसलाई हामी सपना भनिराखेका छौं, त्यो सपना व्यवहारमा रुपान्तरण गर्नका लागि हो । हामी यसलाई आधार वर्षका रुपमा यस कारण भनिराखेका छौं कि यसले एउटा नयाँ चिज दिन्छ । अब रोजगार सम्बन्धी यसका विभिन्न पाटाहरु, अनेक आयामहरु छन् । ती आयामहरु, अवयवहरु सबै परिचालन गर्छौ । यो एउटा महाअभियान हो । अर्को अब हाइड्रो पावर सेक्टरमा लगानीको कुरा । हिजो हामीले सुरुवात ग¥यौं जनताको पानी जनताको लगानी । नाम जेहोस् तर आम जनता सहभागी हुने र आयआर्जन पनि हुने । घरघरमा बिजुली हुन्छ र जनताको त्यसमा लगानी हुन्छ, सेयर हुन्छ ।

राज्यले ग्यारेन्टी  गर्छ ?
राज्य ग्यारेन्टर छ । यसरी एउटा नयाँ अभियान । हामीसंग स्रोत छ, हामीसंग पुँजी छ । एकै ठाँउमा नहोला तर छ । छरिएको पुँजी एकठाँउ गरेर । स–सानो पुँजी पनि छ । एकजुट गरेर एकठाँय लग्यौं भने हामी देख्छौं केही पनि नभएको ठाउँमा एकजुट गर्दाखेरि करोडौं रुपैया त्यहाँ उठ्छ । ध्यान्ञ्चल यज्ञ भन्छन् नि त्यहाँ हजारौं टन धान जम्मा हुन्छ । त्यो कसरी हुन्छ भन्दा एकै जनाले दिएको हुँदैन् । छरिएको चिजलाई जम्मा गरेर हुन्छ । त्यसै गरेर हामी स–सानो पुँजी पनि जनतासँग दिदीबहिनीहरुले थैलीमा राखेको फुली बनाउने, अर्को वर्ष बनाउने । पाँच वर्ष पछि बनाउने फुली । अलि ठुलो ढुङ्री बनाउने । त्यो पैसा त्यहाँबाट आउँछ । यो फुली ढुङ्रीको पैसा बोकेर आउँछ । त्यो फुली ठुलो पैसा बोकेर आउँछ । त्यसकारण लगानी गर्नु जरुरी छ । त्यसबाट स्वामित्वबोध, एन्टरप्रेनरसीप भन्छौं नि हामी, लगानीको प्रवृति । यसबाट अनेक कुराहरु आम्दानी हुन्छन् । फाइदा हुन्छन् ।य सबाट रोजगारीका अवसरहरु सिर्जना हुन्छन् । हामीले यो क्षेत्रमा मात्रै गरेका छैनौं । कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा थुप्रो कुराहरु अगाडि बढाएका छौं ।

अहिले वैदेशिक मुद्राको संञ्चितिमा कमी आयो भन्ने कुराको हकमा हामीले उत्पादन बृद्धि गर्ने खालका सामाग्रीहरु, औजारहरु बढी खरीद गरेका छौं । जसको परिणाम भोलि देखिन्छ । पैसा थुपारेर मात्रै त केही हुने होइन् नि । वैदेशिक मुद्राको सञ्चिति अनावश्यक रुपमा बढी हुनु राम्रो लक्षण होइन् । पैसा भनेको काममा लगाउने चिज हो । त्यसकारण हामीले पैसा काममा  लगाएका छौं । सात आठ महिनाका लागि मात्र अब डलरको सञ्चिति छ हामीसंग । दश आठ महिना मात्रै धान्ने खालको लागि भनेर । त्यो दश आठ महिनाका लागि धान्ने भनेको अर्थ दश आठ महिना आम्दानी सुखा हुने होइन् नि । त्यो त आइरहन्छ । त्यो आठ महिनाका लागि छ भने अर्को आठ दश महिनाका लागि हुन्छ । अब हामीसंग दश महिनाका लागि मात्रै छ भन्यो भने वर्ष दिनका लागि भइसकेको हुन्छ । त्यो भन्दा बढी अहिले हामी विकासमा अगाडि बढिरहेको हुनाले, विकासको कामहरु टुङ्गिएका, रिसर्चओर्कहरुमा मात्र लगाएका र साधारणतर्फ मात्र खर्च गरिरहेका, विकासका सिमान्त स्थितिमा पुगेका देशहरुका लागि मात्रै संञ्चित रकम गोदामका गोदाम राख्नु एउटा कुरा होला । हामी गोदामका गोदाम पैसा राख्ने अवस्थामा होइनौं । हामी त खर्च गरेर बारीमा हाल्छौं, खेतमा हाल्छौं, खोलामा हाल्छौं, औजारमा हाल्छौं ।

यहाँका अर्थमन्त्रीले भनेका कुरा धेरै महत्वपूर्ण लाग्यो । अघिल्लो वर्षको कुनै आर्थिक सुचाङ्कसंग यो आर्थिक वर्षको सुचाङ्कको तुलना गर्नु सर्वथा अनुचित छ । किनभने एक ठाउँमा उहाँले भन्नु भएको थियो, अघिल्लो वर्ष निर्वाचन थियो । निर्वाचनको लागि अनेक खालको वैदेशिक सहयोग थियो होला । निर्वाचनको पैसा थियो र निर्वाचनको खर्च थियो । तर यो वर्षको खर्च भनेको विकासमा खर्च वा प्रशासनिक खर्च र आगडि यहाँले भनेजस्तै आधार बनाउनको लागि खर्च । त्यसकारण अघिल्ला वर्षका  ती गणित र अहिलेको गणित यहाँकै भाषामा भन्ने हो भने गणित बदलियो भनियो भने सही हुन्छ, होइन् ?
पहिले पहिले स–साना फुसका छाप्राहरु सयौं बनाइए, हजारौं बनाइए । अहिले कमसेकम अहिले एउटा फ्ल्याट्मा चारओटा भाग भएको विशाल फ्ल्याटहरु भएको, बीसांै  तले घरको मजबुत जग हालियो । यो मजबुत जग, बलिया खम्बाहरु । अहिले यो भने त्यो सय ओटा फुसका छाप्रामा त्यो ५० रुपैयाँको पराल र १५० रुपैयाँको बास खर्च भएको छ । त्यस्ता छाप्राको सम्पूर्ण खर्च कति भयो भन्दा सय ओटाको तीन सयका दरले भन्ने हो भने केही खर्च भएको छ । तीन हजार खर्च होला, तीस हजार खर्च होला । तर, यसमा चाहिँ लगभग तीन अरवको खर्च भइसकेको हुन्छ यो जग हाल्दा खेरी । भन्नले भन्न सक्छ, पराक्रमीले पोहोर सय ओटा घर बनाएको थियो भनेर । अहिले एउटा जग बनाएर समय बर्वाद गरिदियो । खर्च बरवाद गरेको छ, भन्न सक्छन् । तर, यो जग हो । मजबुत जग हो । मजबुत पिलर हो । त्यसकारण अहिले जुन खर्च गरिराखेका छौं हामीले यो दीगो विकासका लागि हो । छाप्राका लागि होइन् । हामी दीगो विकास तर्फ, दीगो रोजगारी तर्फ र यथार्थ उत्पादन तर्फ, यथार्थ आम्दानी तर्फ अघि बढिरहेका छौ ।

मैले हिजो बोल्दा एउटा कुरा भनेको थिए कि श्रमबिनाको पारिश्रमिक, परिश्रम बिनाको फल । बिना परिश्रमको पारिश्रमिक र बिना कामको ज्याला । यस प्रकारको रोजगारी बिनाको रोजगारी, काम बिनाको ज्यालावालाहरु जो छन्, कही न कतै यस्तो रोजगारी छ, जो रोजगारी होइन् । जो परिश्रम होइन् तर त्यहाँ पारिश्रमिक छ । जो राष्ट्र निर्माणमा समर्पित छैन् त्यस्तो काम, त्यस्तो धन्दा भइराखेको छ । त्यस प्रकारका तत्वहरु यो अभियानलाई यसको अलिकति महत्ता घटाउन, यसलाई बदनाम गर्न सक्रिय छन् । मेरो विचारमा कुनै तर्क गर्नुपर्छ जस्तो लाग्दैन् । भिन्नता हेर्नलाई, भिन्नता बुझ्नलाई गत वर्षको सरकार र अहिलेको सरकार, गत वर्षको परिवेश र अहिलेको परिवेश । त्यो त एउटा कलाकार स्टेजमा उभिने बित्तिकै थाहा हुन्छ । कि त्यसको डान्स कत्तिको चल्छ, कत्तिको डान्स गर्छ भनेर ।

अब यो त तुलना गर्न मिल्छ जस्तै लाग्दैन, सरकार संचालनको सन्र्दभमा, केहीमा । त्यसकारण यो आधार वर्ष भविष्यसम्मका लागि जोडिएको छ । र, हामीले रेलका कुरा, पानी जहाजका कुरा मात्र गरिराखेका छैनौं । यी सपना मात्र देखाइराखेका छैनांै । यसका निम्ति कार्यालय खोलेर हामीले काम अगाडि बढाइसकेका छौं । र, अब केही समयभित्र त हामी जलमार्गको बाटोबाट, नेपालबाट जलमार्ग हुदै समुद्रमा जान्छौं । यो परिकल्पित कुरा थिएन । पोहोरको साल मैले भारतजानु भन्दा अगाडि भारतीय पक्षलाई सुचना गरे, जलमार्गबाट नेपालबाट हामी समुद्रसम्म जान चाहन्छौं । त्यसमा भारत सहयोगी हुनुप¥र्यो । त्यो कुरा प्रधानमन्त्रीको भ्रमणमा प्रधानमन्त्रीले गर्नेवाला छ र त्यसको तयारी होस् । मैले त्यो खबर पठाए र म जाँदा मैले त्यो पनि गरे र  सार्वजनिक पनि गरे । र, अहिलेसम्ममा एक वर्ष भन्दा छोटो अवधिमा यसले खास आकार लिदैछ । मूर्त रुप लिदैछ । यसबाट भारत पनि उत्साहित भएको छ ।

भारतले पनि गण्डकीको त्रिवेणीसम्म पानी जहाज ल्याउने कुरा गरिसक्यो र अब हामीलाई त्यो जहाज राख्ने ठाउ निर्माण गर्दा पुग्छ । किनभने त्यहाँसम्म त आइसक्यो । त्यहाँबाट यता आउनको लागि हामीलाई एउटा सी पोर्ट चाहिने । त्यति गरेदेखि पुग्छ र यहाँबाट हामी बे अफ बङाल, त्यहाँ गएर ठुलो जहाजमा शिफ्ट गर्नु पर्ला जहाज टु जहाज ।

भनेको यो डेभलपमेन्टको हिस्टोरिकल डिपार्चर हो ?
रेलका सम्बन्धमा हामीले त्यै गरेका छौ । पूर्व पश्चिम, बाटोको बिस्तार, बाटोको संजाल र रोजगारीका अवसरहरु श्रृजना गर्ने कुराहरु । तपाई दिनदिनै हेरिरहनु भएको छ, कसरी कृषिलाई आधुनिकीकरण गर्दै छन् हाम्रा युवाहरु ? हाम्रा जानकारहरु, प्राबिधिकहरु, कसरी यसमा काम गर्दैछन् । नयाँनयाँ इन्नोभेशनहरु कसरी हुदैछन, रिसर्च विभिन्न ठाउँहरुमा कसरी हुदैछ, पशुपालनको सेक्टरमा केके नयाँनयाँ कामहरु हँुदैछन्, मत्सयपालनको क्षेत्रमा केके कामहरू हँुदैछन् ,पोल्ट्रीको सेक्टरमा केके हुँदैछ । अस्तिको दिनमा मात्र मैले एउटा कारखाना उदघाटन गरे । अब नेपालमा भ्याक्सिन आफै निर्माण हुन्छ र १० प्रतिशत हामी यहाँ खपत गर्न सकौला । ९० प्रतिशत भ्याक्सिन बाहिर एक्स्पोर्ट गर्छौ । अथवा यो बेसिक्ली, एक्स्पोर्ट इन्ड्रस्ट्री भयो । किनकी हामी यति धेरै खपत गर्न सक्दैनौं अहिले त हामिले पुगेर १० प्रतिशत खपत गरेका छौ, जब यसको भोलुम बढ्छ उत्पादनको तब हामीले हाम्रो खपतको मात्रा चाहिँ घट्दै जान्छ प्रतिशतमा । बिदेशमा निर्यातको प्रतिशत बढ्दै जान्छ । किनभने त्यो भोलुम बढ्छ । यत्तिकै शिक्षाका लागि, विद्यार्थी भर्नाका लागि अथवा एउटा रमाइलोका लागि दुर्गम पुगेका छैनौँ । यो आउँदो वर्षमा हामी टुङ्याउछौ । राष्ट्रपति महिला सशक्तिकरण कार्यक्रम सत्ताईस वटा जिल्लामा संचालित गरेका छौ । जुन जिल्ला पछाडि परेका छ्न, छाउपडी जति कराए पनि महिलाहरु आफैँ बस्न गैरहेका छन् । पाप लाग्छ हँुदैन, छाउपडी त अलग्गै बस्नुपर्छ भन्ने, छाप्रामा बस्नुपर्छ भन्ने । छाउगोठमा बस्नुपर्छ भन्ने, घरमा बस्न मिल्दैन, छुन मिल्दैन, महिलाहरु आफैँ भन्छन् मलाई पाप लाग्छ, म कसरी बस्न सक्छु त्यो, त्यस्तो अवस्था छ त्यहाँ । त्यो बलजफ्ती हामी गर्न सक्दैनौं । त्यसलाई शिक्षाद्वारा, चेतनाबाट निर्मुल पार्नुपर्छ । त्यसकारण हामीले यस्ता कुराहरुको लागि महिला सचेतना तथा सशक्तिकरण कार्यक्रम २७ वटा पछाडि परेका जिल्लाहरुलाई समावेश गरी यस बर्र्ष सुरु गरेका छौ । आगामी बर्र्ष अरु जिल्लाहरुमा लिएर जान्छौ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम भैहाल्यो ।

यस्ता थुप्रै कार्यक्रमहरु जुन तपाइँको भाषणमा, सम्बोधनमा पनि आएका छन् । ठ्याक्कै यो सँगै भन्नु पर्दा प्रधानमन्त्रीज्यु, सबै शक्तिको केन्द्र आफुमा ल्याएर प्रधानमन्त्री केपी ओली एउटा डिक्टेटरशिपको रुपमा अगाडि जान चाहन्छ भन्ने आरोप त तपाईंले सुन्नु भाको होला ? जस्तो राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, जुन अगाडि हामीले गरेका कुराकानीका लागि जरुरी थियो कि एउटा प्रधानमन्त्रीको कुर्सीमा बस्ने मान्छेले, आफू भन्दा तल कति ठूलो बद्मासी भएको छ भन्ने अनुगमन गर्नका लागिआवश्यक थियो ? सैद्धान्तिक र राजनीतिक रुपमा नै । हिजो विश्रृङ्खलित पारिएर देशलाई खोक्रो बनाइएको थियो । तर तपाईको अभिलाषा समृद्धिको आधारलाई अगाडि बढाउन हो वा शक्तिको श्रोत सबै ल्याउन र पदमा अजम्बर बन्नका लागिहो ?
यसभित्र दुई वटा पक्ष छन् । एउटा त यो प्रधानमन्त्रिय प्रणालीमा, प्रधानमन्त्रीमा सम्पूर्ण कार्यकारी अधिकारहरु केन्द्रीत हुन्छन् । सबै मन्त्रालय मेरै मातहत छन् । कसलाई भ्रम पर्यो कि यतियति मात्र ल्यायो, अरु छोड्यो भन्ने । सबै मन्त्रालय मेरै मातहतमा छन् । सबै मन्त्र हरु पनि मेरै मातहतमा हुनुहुन्छ । सबै बिभागहरु जुनजुन मन्त्रालयका हुन ती कार्यकारी प्रमुख कै मातहत छन् । हैन, जस  अपजस र दोष अर्काको टाउकोमा छोडिदिएर काम गरे भैहाल्यो नि । तर, प्रश्न जस अपजसको हैन्, यी संस्थाहरु  आफ्नो मातहतमा ल्याए त्यस्को अर्थ हो मैले सोझै भ्रष्टाचार नियन्त्रणका लागि, आफैले हेर्ने, आफैले त्य्सको निगरानी गर्ने र नजिकबाट तीव्र र लगातारको निगरानी गर्ने । यस कामका लागि र यसो गरिरहँदा शक्ति केन्द्रीत हुने भन्ने कुरा वेतुकको कुरा हो । लोकतन्त्रमा शक्ति पृथकीकरणको सिद्धान्त छ । संसदको आफ्नो अधिकार छ, व्यवस्थापिका छ, कार्यपालिका छ र न्यायपालिका छ । राज्यका तिन वटा अङ्ग छन् र ती स्वतन्त्र छन् आफ्ना आफ्ना ढंगले । फेरि पनि संविधानबाट वाँधिएका, एउटा राष्ट्रका, एउटा देशका, एउटा सरकारका अंगहरु हुन । यी सबै नेपाल, नेपाली शासनका, नेपाली राज्य सत्ताका अंगहरु र तिनको कामको निश्पक्षता, प्रभावकारीता, सन्तुलन, नियन्त्रण आदिका लागि शक्ति पृथकीकरण गरिएको हुन्छ । पृथक पृथक अंगलाई पृथक पृथक शक्ति प्रदान गरिएको हुन्छ संविधानबाट ।

संविधानले संसदबाट या संविधान सभाबाट शक्ति प्राप्त गरेको हुन्छ । त्यो शक्ति ती जनप्रतिनिधिले, जसले संविधान वनाए वा जसले संविधानको संशोधनको हक राख्दछन् तिनले जनताबाट अधिकार प्राप्त गरेका हुन्छन् । जनताबाट दिइएको अधिकार प्रयोग गरेर उनीहरुले संविधान निर्माण गर्छन् । एउटा पुस्तकमा जनताका सम्पूर्ण अधिकारहरु, आंकाक्षहरु संगठित ग¥या हुन्छ । अनि त्यस कितावले सबै चलाउँछ । न्यायलयलाई पनि त्यसैले चलाउँछ, सरकारलाई पनि चलाउँछ र सरकारलाई निर्दिष्ट गरेर त्यस पुस्तक मार्फत अधिकार तोकेर दिएको छ, यो यो अधिकार भनेर ।  यसरी सरकारका आफ्ना काम, कर्तव्य छन् र प्रधानमन्त्रीका आफ्ना काम, कर्तव्य छन् । कुन लिएर, कुन छोडेर, कसो गरेर भन्ने कुरा होइन । अहिलेको प्रधानमन्त्री जसले एउटा मन्त्रालय राख्दैन् । कुनै मन्त्रालय राख्या छ र ? कसैले रक्षा आफुलाई चाहिन्छ भन्छ । कसैले अर्थ चाहिन्छ भन्छ । कसैले परराष्ट्र चाहिन्छ भन्छ । कसैले के चाहिन्छ भन्छ । अनि पावर केन्द्रीत गर्नको लागि कोही कोही देशमा १० वटा विना विभागिय मन्त्री प्रधानमन्त्री कार्यालयमा राखिएको हुन्छ । ताकि सम्पूर्ण कुरालाई त्यहाँबाट कन्ट्रोल गरियोस् । तर यहाँ त्यो पनि गरिएको छैन् ।

तर यसो केही गर्नु पर्दैन । केही नगरे पनि संधिवानले प्रधानमन्त्रीलाई अधिकार दिएको छ । संविधानले दिएको त्यो अधिकार प्रयोग गर्ने जिम्मा प्रधानमन्त्रीको जिम्मा, त्यो चाहि संसदले मलाई दिएको छ । संविधानले मलाई दिएको छैन, प्रधानमन्त्रीलाई दिएको छ । प्रधानमन्त्रीको अधिकार प्रयोग गर्न संसदले मलाई जिम्मा दिएको छ । त्यसकारण मैले प्रधानमन्त्रीका अधिकारहरु प्रयोग गर्छु । कर्तव्यहरुको पालना गर्छु । जिम्मेवारी पुरा गर्छु । अनि संविधानले भनेका प्रधानमन्त्रीका अधिकारहरु, अत्यन्त खुकुलो ढंगले बिना विभागिय मन्त्रीहरुको थुप्रो नलगाएर अथवा मन्त्रालयहरु आफुमा नराखेर, कुनै मन्त्रालय नलिएर, कतिवटा हेर्न पर्ने ती पछि कहिले कहिलेलाई पर्ला थाहा छैन । हामीले मुलतः संक्रमण टुङ्गायौँ । तर गरिब देशलाई धनी वनाउनु छ । अव्यवस्थितलाई व्यवस्थित वनाउनु छ । पछाडि परेकालाई आधुनिक नेपाल वनाउनु छ । ट््रयाक छोडेकोलाई ट्र्याकमा ल्याउनु छ र वेथिति आदि, ईत्यादीलाई  बदल्नु छ ।

यस्तो अवस्थामा चाहिँ केही समयका लागि कुन चिज कतिवेला कहाँ नेर राख्नु पर्छ भन्ने कुरा हुन्छ । अव चेस खेल्दा यो यहाँ नेर चाहिने, यो मन्त्री चलाईदियो, घोडा चलाई दिएर मैले हारे । यो हात्ति चाहि चलाई दियो र हारे । यस्तो खालको कुरा चाहि उचित होइन । यो जतिवेर जुन जसरी चलाउन पर्ने हो त्यसै गरी चलाउने हो । अहिले भष्ट्राचार रोक्ने हो । नियन्त्रण गर्ने हो । उन्मुलन गर्ने हो । अहिले सुशासन दिने हो । अहिले शान्ति सुरक्षा कायम गर्ने हो । अहिले कहाँ कहाँ के के भैराखेको छ भन्ने कुरा थाहा पाएर त्यसलाई अनुचित हुन नदिने र रोक्ने हो । त्यस कामको लागि जे जे गर्ने पर्छ त्यो गर्ने हो ।

प्रधानमन्त्रीज्यू, अर्को यहाँलाई लाग्ने आरोप के छ भने यो सरकार मिडिया फ्रेन्डिली छैन् वा प्रेस स्वतन्त्रता फ्रेन्डिली छैन् । त्यसको विरोधी छ भन्ने जस्तो चर्चा परिपर्चा यहाँले विभिन्न एङ्गलबाट सुन्नु भयो होला । डावोसमा यहाँ जादा खेरी पनि त्यहाँका विश्वप्रसिद्ध न्यूयोर्क टाईमसका पब्लिसरले पनि यहाँलाई प्रश्न सोध्नु भो । ईन्टेन्सन् जे सुकै होला । त्यसको बारेमा यहाँको फिलिङ्ग के छ ? यो सरकार वा कम्युनिष्ट पार्टीको सरकार प्रेस विरोधी छ ?

मैले अघि तपाईसँग भनेको थिए । परिश्रम बिनाको पारिश्रमिक, काम बिनाको रोजगारी, आम्दानी । यस्तोमा सक्रिय रहेका मान्छेहरु छन् । त्यसको प्रभाव त्यहाँसम्म पनि पुर्याईएको रहेछ । त्यो पु¥याईएको मलाई पहिले नै जानकारी थियो । त्यो राम्रै भयो, मैले त्यहाँ स्पष्ट गर्ने मौका पाए । मैले कुनै कुरा त्यहाँ घुमाई फिराई लुकाएर, या लोकाचार पारेर या अलिक ढाकछोप गरेर गर्नु पर्ने पनि थिएन । मैले खुलस्त आफ्ना कुराहरु राखेको छु । मैले भने स्वतन्त्रताका हकहरुका लागि, मानव अधिकारका लागि र प्रेसको स्वतन्त्रताका लागि ५० वर्ष भन्दा बढी लडाई लडे । त्यसकारण म लोकतन्त्रका हरेक मुल्य मान्यताहरुको रक्षाको पक्षमा जीवन दिन तयार भएर आएको मान्छे हुँ । म जीवनपर्यन्त त्यस पक्षमा रहन्छु । लोकतन्त्र, लोकतान्त्रिक मुल्य मान्यता जसभित्र वाक् र प्रकाशन स्वतन्त्रता पर्छ । प्रेस स्वतन्त्रता पर्छ । त्यसको पक्षमा म हुन्छु नै ।

यस भित्र दगत बलम ष को कुरै छैन । यसमा कुनै बाहानाबाजीको पनि कुरा छैन । अर्को कुरा म के भन्न चाहन्छु भने मेरो बोल्ने हक छ, वाक् स्वतन्त्रता मसँग छ । तर मैले तपाईलाई अपमान गर्न मिल्छ ? तपाईको आत्मसम्मानको पनि हक छ । त्यो पनि हक छ नि । अनि यो हकको प्रयोग गर्दा त्यो हक थिचोमिचो गर्न हुन्छ कि हुदैन ? मसँग बोल्ने हक छ, मैले तपाईप्रति झुटा आरोप र लान्छनाहरु लगाउन मिल्छ कि मिल्दैन ? तपाईप्रति अमर्यादित, अश्लिल, स्तरहिन कुराहरु बोल्न हुन्छ कि हुदैन ? यस्तो हुँदैन है भन्यो भने प्रेस स्वतन्त्रता समाप्त भयो, प्रेस स्वतन्त्रता विरोधी कुरा भो भन्नु कति वाञ्छनीय हुन्छ ? कतिवटा सामाजिक सञ्जालमा यस्ता कुराहरु आएका हुन्छन् । ती कुराहरु यति तल्लो स्तरका छन् । यति समाजलाई हानिकारक छन् । यति नयाँ पिढीलाई विगार्ने खालका छन्, हानी  गर्ने खालका छन्  ।

ती कुराहरुको पक्षपोषण गर्न मिल्छ ? अस्ति मलाई आश्चर्य लाग्यो । सदाचार नीतिको विरोधमा मच्चियो र वक्तव्यबाजी अनेक भए । सदाचार त्यो कहीँ पास भको पनि छैन, कही केही भको छैन । यस्तो तहल्का कसरी मच्चिएको छ ? के भएको हो ? नेपाल जस्तो देशमा पनि सदाचारको कुरा गर्ने ? सदाचार भन्ने ? भन्न पाईन्छ ? चलिरहेको धन्दा बन्द गर्दिने ? यस प्रकारको कुरो रहेछ । कुन कुन देशमा सदाचार भन्न पाईने ? कुन कुन देशमा कानून अन्तर्गत चल्न पर्ने, कुन कुन देशमा कानून नमाने पनि हुने ? कुन कुन देशमा वेथिति हुनु पर्ने ? कुन कुन देशमा प्रदर्शन स्थल तोकिन पाउने ? कुन कुन देशमा जहाँ पनि प्रदर्शन स्थल हुने ? सद्दे र पागल छुट्टिन नपर्ने ? एक्लो मान्छे नाङ्गै । के सनकले ?माग के हो थाहा छैन । कहिले कसैलाई केही बताएको छैन । माग केही वताएको छैन । अश्लितापूर्वक अब मानव समाजमा नाङ्गिनु पनि अश्लिता होईन, सार्वजनिक ठाउँमा भने त, होईन भने केही माग मागेको छैन । केही कुरा भनेको छैन । केही कुरा, केमा असन्तुष्टि त्यो पनि थाहा छैन । अचानक मान्छे निश्किन्छ नाङ्गै । के हो भन्दा खेरी मेरो विरोध । के को विरोध ? सरकारको विरोध । किन विरोध भन्दा सरकार मन परेन । अव यो कुरालाई पनि यस्तो त राम्रो भएन भन्दा खेरी यहाँ फ्रिडम अलिक एक्स्क्यूजिङ्ग भैराख्या छ ।

स्वाधीनता, स्वतन्त्रताका हकहरु खुम्चिँदो छ भन्ने त्यही कुरा पुर्याएका रहेछन् डावोसमा पनि, न्यूयोर्क टाईम्सका पब्लिसर, सम्पादक जे हुन्, त्यस स्तरका मान्छेले त्यस्ता हल्लाबाटै राम्रो कुरा नबुझिकन नेपालको बुझ्न त गाह्रो त छैन नि । नेपाल राम्ररी नबुझिकन मण्डलामा नाच्न पाईएन, उफ्रिन पाईएन भनेर भन्छ नि स्वतन्त्रता, प्रजातन्त्र त सकिए छ त नेपालमा त । मण्डलामा उफ्रिन नपाएपछि त खोई प्रजातन्त्र ? यस्तै सुनाएका हुँदा हुन् । तर यो सही कुरा होईन । मण्डलामा उफ्रिनु र प्रजातन्त्रका बीचको सम्बन्ध कुनै छैन । मण्डला विरोध प्रर्दशनको ठाउँ पनि होईन । पुजनीय ठाउँ हो र त्यो आमसभा गर्ने ठाउँ पनि होईन । विरोध प्रर्दशन गर्ने, उफ्रिने, कट्टु पेटिकोटवाला ठाउँ पनि होईन त्यो । जसलाई जे जे लगाउन मन छ लगाए भयो । तर कुन ठाउँको प्रयोग कसरी गर्ने ? कसलाई प्रसिद्ध हुन मन लाग्छ, कसलाई अखवारमा आउन मन लाग्छ, कसलाई मिडियामा छाउन मन लाग्छ, कसलाई सेलिवे्रटी हुन मन लाग्छ, गरे भो । यहाँ त के भर्खरका जवान मात्र होईन । पूर्व प्रधानन्यायाधीश भईसकेकाहरु सम्म पनि सेलिव्रेटी । अच्चम लाग्छ । तमासा, मैले कहिले विद्धताको दावी ग¥या छु र ? मैले ईमानको मात्र दाबी ग¥याछु । ईमान मात्र मसँग पूर्णत छ । म सँग पुर्ण विद्धता छ, पूर्ण ज्ञान छ भनेर भैले भन्या छैन । ज्ञान पूर्ण हुनै सक्दैन् । मैले आफुलाई विद्धान भनेको पनि छैन । पढाई लेखाई नभएको मुर्ख भन्न मण्डला किन पुग्न पर्छ र ? घरैबाट भने पनि हुन्छ, त्यति गरेपनि हुन्छ । म विद्धान होईन । म ईमानदार मात्रै हो । म ईमानदार मात्र हुँ । मैले भनेको छु, म विद्धान होईन । अनि विद्धान होईन भनेर गालि गरिरहनु पर्ने के छ र ?

प्रधानमन्त्रीज्यू, यो जुन १ वर्षको सन्दर्भमा तपाईले आधार वर्ष घोषणा गर्नु भयो, दुईटा पार्टी एउटा बनाउनु भयो, त्यसको एउटा ऐतिहासिक महत्व छ । नेपाल राजनीतिक स्थितरताको बाटोमा गएको छ । अर्को चाहि मिडियाको सन्दर्भमा…….

तपाईले मलाई सोध्नु भएको प्रश्नमा नि मिडियाको सन्दर्भमा यो मिडिया फे्रन्डिली म छैन भन्ने पनि होईन । मलाई त्यस्तो लाग्दैन । मिडिया मेरो विरुद्धमा छ भन्ने पनि लाग्दैन । मैले मिडियाबाट पुराका पुरा सहयोग पाएको छु । मलाई मेरा साथीहरुले आलोचना गरिराख्या छन् । टिप्पणी पनि गर्छन् । साथ पनि दिन्छन नि त । साथ पनि दिईराख्या छन् । हाम्रो लोकतन्त्र, लोकतान्त्रिक प्रणाली कलिलो–कलिलै छ । कहाँ आलोचना गर्ने ? कहाँ टिप्पणी गर्ने ? कहाँ नगर्ने ? कहिले कहिले छुटिदैन् । तलमाथि पर्न सक्छ, त्यति मात्र हो । सञ्चार माध्यमले पनि कहिले कहिले गर्छन । अब यो सञ्चार माध्यमको पनि उमेर नै कति भो स्वतन्त्रताको अभ्यास गरेको ? मोटामोटी २० वर्ष भयो होला । यसबीचमा एकदम परिपक्कता आउनु पर्छ भन्ने केही छैन ।

यो परिपक्कता लोकतान्त्रिक अभ्यासमा पनि नआएको हुन सक्छ । सञ्चार माध्यममा पनि नआएको हुन सक्छ । यस्ता कुराहरु प्रति, साना तिना कुराहरु, साना तिना चुकहरुप्रति अथवा कहिले कहिले मान्छे हो कुनै कुनै सम्पादकलाई, कुनै कुनै रिर्पाेटरलाई, कुनै कुनै पब्लिसरलाई कसलाई केमा झोक चल्ला, अलिकति केही लेखला । यसको अर्थ मिडिया मेरो विरुद्धमा गयो, सरकारको विरुद्धमा गयो भन्ने होईन । म त्यस रुपमा बुझ्दिन् । यति फे्रन्डिली छ, यति फे्रन्डिली छ अत्यन्तै आत्मीय । मेरो मन नपरेको कुरा पनि मिडियाले भनिहाल्छ । मिडियाको मन नपरेको कुरा पनि मैले भनिहाल्छु । यति खुलस्त, यति आत्मीय छ नि । मिडिया पनि मसँग डराउदैन । विश्वास छ म माथि । यो मिडिया फे्रन्डिली छ । यसले दुश्मनी गर्दैन भनेपछि डराउँदैन । म पनि मिडियसँग डराउँदिन । किनभने मिडिया मेरो आत्मीय छ । त्यसकारण त्यो सम्बन्धलाई पनि कसै कसैले बुझ्दैनन् । कहिले कहिले मैले अलिकति टिप्पणी गरे भने लौँ मिडियाको सम्बन्धमा बोल्यो । अब यसलाई मिडियाले थिचथाच, किचकाच बनाएर अचाँर वनाउछन् होला जस्तो ठान्छन् कतिले । अरुलाई भए मिडियाले थिचथाच गर्ला, मलाई गर्दैन । यो जे गरेको छ यसले इमान्दारीपूर्वक ग¥या छ भन्ने थाहा छ सबैलाई ।

प्रधानमन्त्रीज्यू , यो सरकारका बारेमा तपाईको सन्तुष्टिमा यदि १० नम्वरमा राखियो भने आधार वर्ष वनाउनका लागि १० नम्वर यसको पूर्णाङ्क थियो भने तपाई आफै चिफ जजको रुपमा भनौँ न तपाईसँग कुनै मन्त्रालय छैन । तपाईसँग केही विभाग छन् तर हेर्नु पर्नेछ । मानिसहरुलाई जिम्मेवारी लगाउनु भएको छ । तपाईकै भाषामा लेन्सबाट हेर्नु भएको छ । तिनीहरु माथि जे गर्नु पर्ने तपाईको दायित्व जिम्मेवारी हो इमानकै साथ गर्नु भएको छ तपाईकै शब्दमा । त्यसरी १० मा राखियो भने यो आधार वर्षलाई, पहिलो वर्षलाई कति नम्वर दिन उचित होला ?
यसका केही पक्षहरु छन् । यदि तपाईले यो नयाँ सङ्घीय लोकतान्त्रिक गणतन्त्रामक प्रणाली र संविधान कार्यान्वयनको र हाम्रो अगाडि बढ्ने बाटोको आधार जग तयार गर्ने र समुचित गर्ने पक्षमा हेर्नु भो भने पूर्णाङ्क १० तर तपाईले दिनुहुन्छ १५, पूर्णाङ्क भन्दा डेढा बढी ।

अझै अझै यसमा के छ भने, यो १ वर्षमा जे भो नयाँ प्रणालीमा अनेक खचपच हुन्छन्, उतार चढाव हुन्छन्, झमेला आउछन्, समस्या हुन्छन्, अनेक चिज हुन्छन् । यस्तो परिस्थितिको यो कच्चापनको फ्रेजायल सिचुएसन हो नि नयाँ । यसलाई प्रयोग गर्न अनेक तत्वहरु सक्रिय पनि भए । त्यो सक्रिय हुँदाखेरी जुन यो १ वर्ष भित्रै सफलताका साथ यी काम सम्पन्न ग¥र्यै नि, यो पूर्णाङ्कभित्र दिएर पुग्दैन । त्यो भन्दा बढी दिनुपर्छ, इन्टरनेशनल प्राक्टिस हो एउटा ।

अर्को डेलिभरीको पाटोमा, सुशासनको पाटोमा प्रोगेस छ । प्रोगेस पास भन्दा माथि भन्नु पर्छ यसलाई । किनभने यो प्रोगेस छ । यसमा सुशासनको पाटोमा र अरु आर्थिक उन्नतिको मार्गचित्र यसले जो प्रस्तुत ग¥यो । संक्रमणकाल जसरी टुङ्गयार मार्गचित्र प्रस्तुत गर्यो । त्यससँग दुनिया आश्चर्यचकित छ । त्यसमा पनि राम्रो पर्फमेन्स गरेको छ । अब जनताको जीवनस्तरमा परिवर्तन ल्याउने कुरामा यति छिटो सम्भव हुँदैन थियो पनि । केही केही यो कम्लिकेशन, जटिलताहरु त्यसको बीचमा भन्दा पनि यो प्रदेशको अधिकार भित्र हो कि ? केन्द्रको अधिकार हो कि ? स्थानीय तहको हो कि जस्ता अन्योलले केही केही जनतामा इरिटेशन पैदा हुने, केही केही असन्तुष्टि पैदा हुने र डेलिभरी नहुने । अर्को केही केही सच्याउनु पर्ने कुराहरु जस्तो सेवा केन्द्र त हामीले तोक्यौँ । तर जिल्लामा भएका कार्यालयहरु अव ४।५ वटा जिल्लाको एक ठाउँ । एउटा जिल्लामा जाँदा त्यसले समस्या पैदा गरेको छ केही । यसलाई पुनर्विचार गर्नु पर्ने हो कि ? यो एउटा चिन्तनीय पक्ष छदैँछ । यी पक्षमा जसले जनतामा ईरिटेशन बढाएको छ, अलिक असन्तुष्टि बढाएको छ । यी पक्षहरुलाई हेर्दा खेरी १० भन्दा अलिकति कम दिनुपर्छ ।

अर्को, पार्टीमा २ जना क्याप्टेन हुनुहुन्छ । यसमा छुट्टै कुरा गरौँला अर्को क्याप्टेन सँगै । तपाईलाई नै सबै किन थोपर्ने ? तपाई यो सरकारको क्याप्टेनका हिसावले, टिम लिडरका हिसावले, टिम वर्कको पर्फमेन्स, त्यो टिमप्रतिको तपाईको आशालाई तपाईले नम्वरमा वा त्यसको आसयमा, कसरी बताउने, कति, कसरी अभिव्यक्त गर्न चाहनुहुन्छ ?
तपाइर्ले भने जस्तो यदि पूर्णाङ्क १० नै राख्ने हो भने, एउटा त यो नयाँ प्रणाली, अर्को नयाँ मान्छे । अहिलेको प्रणाली र परिस्थितिले माग गरेको विलकुल रचनात्मक नयाँ सोच र नयाँ तरिका । मन्त्री भैसकेका भए पनि पहिलेको मन्त्री जस्तो होईन । मन्त्री नभैसकेका लागि नयाँ मन्त्री हुनुको नयाँ अनुभव र नयाँ अभ्यास । अर्को अझ नयाँ तरिकाले काम गर्नु पर्ने परिस्थिति । यस परिस्थितिलाई अलिकति म्याच गर्न नसकेको हो कि ।  यसमा म नियतको खोट देख्दिन । तर यो म्याच गर्ने कुरामा अभ्यासको कमि । राम्रै नियत भएको मान्छेलाई १० किलोमिटर दौडायो भने कोही कोही नसकेर छोड्दिने, कोही कोही चाहिने अलिक पर पुगेपछि धेरै स्लो मात्रै दौड्न सक्ने त्यस्तो हुन सक्छ । कसैले जान्न सक्दैन । त्यो ईमानले मात्रै हुँदैन नि । त्यहाँ फोक्सोको पनि कुरा चाहियो, त्यहाँ मसलको पनि कुरा चाहियो, त्यहाँ ब्रेन पनि त्यतिकै चल्न प¥यो । यो सबै चिज मिल्दा खेरी मसल, मुटु, फोक्सो सन्तुलन । त्यो चाहि कसैको अब मुटु अलि राम्ररी काम नगरेको । कसैको फोक्सोले अलि साथ नदिएको स्वाँ स्वाँ बढी भएको, कसैको मसल थाकेको यस्ता कुराहरु हुन्छन् । जसले अलिकति अपेक्षा अनुसारको काम कतिपय ठाउँमा नभएको जस्तो देखिन्छ ।

र, अन्तिममा प्रधानमन्त्रीज्यू, एक वर्ष पुरा भयो ।  मन्त्रीहरुका बारेमा रिभियू गर्ने बेला भयो ? अथावा गर्न थाल्नु भयो ? गर्न थाल्नु हुन्छ यसपटक ?
होइन, यो त मैले जतिबेला मन्त्री नियुक्त गर्नुपर्ने हो, नियुक्तिको सिफारिस गर्छु र नियुक्ति भएर काममा आईसके पछि काम मैले हेरिरहेको हुन्छु । कामको इभ्यालुसन गरिरहेको हुन्छु । इभ्यालुसन त मैले हरदम गर्ने हो, गरिरहेको छु । त्यसकारण मैले भनेको अलिकति जनताको अपेक्षा अनुसार, समयको माग अनुसार कतिपय साथीहरुले अलि गर्न नसकेको हो कि जस्तो खालको सुनिन्छ । त्यसमा केही सत्यता पनि छ । त्यसको अर्थ  कतै इमानमा खोट इत्यादी म देख्दिन् । मैले अघिनै भने ।  मुल्यांकन भई रहने कुरा हो र भैइरहको छ । जति बेला सरकारलाई प्रभावकारी बनाउन कुनै कदम चाल्नुपर्छ नीतिगत वा व्यवहारिक । ति त चाल्नै पर्छ । व्यवहारिक रुपमा अरु थप कदमको आवश्यकता त्यति महशुस गरेको छैन ।

त्यति धेरै गर्नुभएको छैन?
त्यस्तो अहिले मैले आवश्यकता महसुस गरेको छैन । यसकारण कि हामी भर्खर भर्खर यो संघीयतामा प्रवेश गरेका छौ । हिजोको मन्त्रालय जस्तो होईन् । मन्त्रालयहरु, अधिकारहरु सीमित छन् । अब प्रदेशसंग कति मिलेर काम गर्ने, कति कति प्रेदशका कुरा सुन्ने, कति आँफुले लिने, कति तल पठाउने, कति स्थानीयमा पठाउने आदि कुराहरुको सन्र्दभमा अझै स्पष्टता नभएको अवस्थामा बजेट कँहानेर उता पठाइयो भनेको छ, उता भएन भनेको छ । उसले नबुझेर आफ्नै योजना बनाएको छ । चालु योजनाहरु अलपत्र परेका छन् । जस्ता खालका कुराहरु त्यो अस्पष्टताले भएका कुराहरु हुन् । त्यसलाई व्यक्तिलाई दोषी बनाउनु पनि हुदैन् । यस्ता खालका पक्षहरु पनि छन् । त्यसकारण यो अहिले संक्रमणकालीन अवस्थामा नै त्यति धेरै निश्र्कष निकाल्नु हुन्छ जस्तो मलाई लाग्दैन् ।

ठ्याक्कै यहाँले भनेकै कुरालाई भन्दा खेरी यसका डाउन पल्ट त देख्न सकिन्छ । दुईओटा पार्टी एक भएको यसको इन्टर पार्टीका तल देखि माथी सम्मका सेट तयार नभएको । त्यसमा पनि धेरै समय अल्झिनु परेको र आन्तरिक विवाद पनि । त्यसले पनि असर पारेको छ ?
त्यसमा असर त पार्छ नै । किनभने कतिपय मान्छेहरु सरकारको पक्षमा, पार्टीको पक्षमा बोलेको नसुनिनु, सरकारको पक्षमा बोलेको नसुनिनु बरु बिपक्षमा बोलेको सुनिनु जस्ता खालका कुराहरुले अलिकति जनतामा अन्यौल पार्ने र कार्यकर्ताको विश्वासमा कमी ल्याउने । त्यसमा पनि पार्टी एकीकरण भयो तर एकीकृत पार्टीका संगठनात्मक एकतामा बिलम्ब हुनु जस्ता कुराले संगठित गतिविधि हुन नसक्नु । यस्ता खालका कुराहरुका असरहरु स्वभाविक रुपमा केही पर्छन र आलोचना, विरोधका, असयोगका पक्षहरु जुनसुकै कारणले जसरी प्रकट भएका छन् । त्यसका केही नकारात्मक असरहरु त भइहाल्छन् ।

यो एक वर्षमा जानेर त तपाईबाट हुने कुरा भएन अन्जानबस आँफैबाट ठ्याक्कै यही नभने पनि यही पक्षमा मेरो पक्षवाट पनि चुक भयो कि भन्ने यहाँलाई केही लागेको छ ?
एउटा अलिकति लागेको छ । मैले समयलाई अधिकतम प्रयोग गरेको छु । अधिकतम काम गर्छु । तर, त्यसको व्यवस्थापन अलि उचित हुन सकेन कि । जसले गर्दा सम्पर्क गरिनु पर्ने व्यक्तिहरुसँग, सम्र्पक गरिनुपर्ने तहमा कमी रह्यो कि । त्यसले पनि असन्तुष्टि बढेको हो कि । त्यो चाहि मलाई अलिकति लागेको छ । सायद त्यसमा चाहि अलिकति ध्यान दिनु र सच्याउनु जरुरी छ कि । त्यो मैले महसुश गरेको कुरा हो ।