दुई भारतीय विमान खसालेको पाकिस्तानको दावी

maitrinews

 

काठमाडौं । पाकिस्तानी सेनाले आफ्नो भूमिका प्रवेश गरेका दुई भारतीय वायुसेना विमान खसालेको दावी गरेको छ । नियन्त्रण रेखा एलओसी पार गरेर घुसपैठ गरेका भारतीय वायुसेनाको दुई विमान खसालेको र एक पाइलटलाई पक्राउ गरेको पाकिस्तानी सेनाले बताएको छ ।

नियन्त्रण रेखा पार गरेका दुई भारतीय सेनाको जहाज मध्ये एउटा पाकिस्तान नियन्त्रणत्रित कश्मिरमा झरेको र अर्को जहाज भारतीय नियन्त्रित कश्मिरमा झरेको बताइएको छ ।

पाकिस्तानी सेनाले भारतीय वायुसेनाको विमान खसालेको दाबी गरेको हो । पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता डा। मोहम्मद फैसलले यसको जानकारी दिएका छन् । उनले भनेका छन्, ‘पाकिस्तानी वायू सेनाले आफ्नो वायू सीमाभित्रै रहेर नियन्त्रण रेखाको अर्कोतर्फ बमवारी गरेको छ ।’
तर, यो भारतीय आक्रमणको जवाफ भने हैन फैसलले भनेका छन्, ‘पाकिस्तानले गैरसैन्य क्षेत्रलाई निशाना बनाएको थियो, ताकि धनमालको नोक्सानी नहोस् ।’ उनले ट्विटरमा लेखेका छन्, ‘पाकिस्तानी एयरस्पेसभित्र दुई भारतीय विमान खसाइएको छ ।’