बर्डफ्लुबाट नेपालमा एक जनाको मृत्यु, स्वास्थ्य सतर्कता अपनाउन आग्रह

 

काठमाडौँ । नेपालमा वर्डफ्लुबाट एक जनाको मृत्यु भएको छ । हरेक वर्षझै यस पटक पनि नेपालमा बर्ड फ्लुको संक्रमण फेला परेपछि र सोहीकारण हिजो मात्रै एकजना मानिससमेत मरेको खबर सरकारले नै सार्वजनिक गरेपछि जनमानसमा त्रास बढेको छ । सरकारले स्वास्थ्य सतर्कता अपनाउन सबै नेपालीहरुलाई आग्रह गरेको छ । बर्डफ्लुकै कारण नेपालमा मानिस मरेको सम्भवतः यो नै पहिलो घटना हो । यस घटनाले सर्वसाधारणमा बर्डफ्लूको बारेमा चासो, चिन्ता र आतंक बढ्नु स्वभाविक नै हो ।

सामान्यतः हरेक वर्ष बर्ड फ्लूको महामारीको खबर सार्वजनिक हुनेबित्तिकै प्रायः मानिसहरुले कुखुराको मासु खान छाड्ने गर्छन् । सरकारले तथा विशेषज्ञहरुले कुखुराको मासु नै पनि उचित तरिकाले पकाएर खाने हो भने शतप्रतिशत सुरक्षित हुन्छ भनेर बारम्बार जति फलाके पनि त्यसले मानिसहरु आश्वस्त हुन सक्तैनन् । त्यसमाथि थप, बर्ड फ्लूकै कारण मानिस नै मरेको घटना सार्वजनिक भएपछि त ठूलो आतंक पैदा हुनु स्वभाविक नै हो ।

बर्ड फ्लू नेपालमा अहिले मात्रै भएको घटना हैन, न त यो नेपालमा मात्रै हुने घटना हो । बर्ड फ्लूको समस्या विश्वका कुनै पनि कुनाकाप्चामा कुनै पनि बेला फैलिन सक्छ।
त्यसो त बर्ड फ्लू नेपालमा अहिले मात्रै भएको घटना हैन, न त यो नेपालमा मात्रै हुने घटना हो । बर्ड फ्लूको समस्या विश्वका कुनै पनि कुनाकाप्चामा कुनै पनि बेला फैलिन सक्छ । जस्तो कि, केही समय पहिले एशियाका विभिन्न देशहरुमा वर्ड फ्लू महामारीकै रुपमा फैलिएको थियो ।इन्फ्लूएन्जा नामक संक्रामक महामारीको नाम नै बर्ड फ्लू हो । इन्फ्लुएन्जा भाइरसका तीन समूहहरुमध्ये समूह ‘ए’मा पर्ने यही भाइरसको सक्रमणबाट चराहरुमा फैलिने महामारी रोगलाई बर्ड फ्लू भन्ने गरिन्छ ।
बर्ड फ्लू फैलाउने इन्फ्लुएन्जा भाइरसले सुँगुरलाई पनि संक्रमण गर्ने गर्छ । तर यसले विशेष गरेर चराहरुलाइ नै बढी प्रभावित गर्ने गरेको छ । खासगरी जंगली चराहरु, अझ त्यसमा पनि सीमसारतिर बस्ने चराहरु यस भाइरसका सबै समूहका मुख्य स्रोत मानिन्छन् । तर सबै प्रजातिका चराहरुलाई यस रोगले संक्रमण गर्ने गर्छ । सामान्यतः जंगली चराहरुको बलियो प्रतिरक्षा प्रणालीको कारण तिनीहरुको आन्द्रा, स्राव, सिंगान तथा सुलीमा यो रोगको भाइरस सुसुप्त अवस्थामा रहने गरेको पाइन्छ । त्यस्ता चराहरुमध्ये पनि विशेष गरेर जंगली हाँसमा यो भाइरसलाई प्रतिरोध गर्ने क्षमता निक्कै बढी हुने गरेको पाइन्छ । एभिएन इन्फ्लुएन्जा भाइरसका कतिपय समूहमा पर्ने भाइरसहरुको संक्रमणले गर्दा पनि जंगली चराहरुमा त्यसको असर अति न्यून हुन्छ वा देखिँदैन पनि । यो भाइरसको समूह तथा चराको प्रजातिको प्रकृतिले पनि त्यसको असरलाई घटबढ गराउने वा नदेखिने हुन्छ । तर ‘एभिएन इन्फ्लुएन्जा ए’ भाइरसकै केही समूहहरु, जस्तै, ज्छ र ज्ठ, को संक्रमणले चाहिँ केही जंगली चराहरु सोत्तरै हुने गर्छन् । अझ त्यो भाइरसको संक्रमणले कुखुरा, टर्की जस्ता घरपालुवा चराहरुलाई भेट्टायो भने त त्यसले विनाशलीला नै मच्चाइदिन्छ । घरपालुवा कुखुरा तथा टर्की चराहरुले यी भाइरसहरुलाई प्रतिरोध गर्न सक्दैनन् । फलतः यो भाइरसको सम्पर्कमा आएपछि घरपालुवा चराहरुमा छिट्टै नै संक्रमणले महामारीको रुप लिन पुग्छ ।

बर्ड फ्लू कुखुरा, हाँस, टर्की जस्ता चराहरुको व्यापारबाट एक ठाउँदेखि अर्को ठाउँमा, एक देशबाट अर्को देशमा सर्ने गर्छ । त्यसका साथै, देश परदेशमा मौसमी बसाइँसराइ गर्ने चराहरु पनि यस रोगलाई फैलाउन निक्कै जिम्मेवार हुने गर्छन् ।
बर्ड फ्लू कुखुरा, हाँस, टर्की जस्ता चराहरुको व्यापारबाट एक ठाउँदेखि अर्को ठाउँमा, एक देशबाट अर्को देशमा सर्ने गर्छ । त्यसका साथै, देश परदेशमा मौसमी बसाइँसराइ गर्ने चराहरु पनि यस रोगलाई फैलाउन निक्कै जिम्मेवार हुने गर्छन् । जंगली चराहरुको प्रतिरोधी क्षमताको कारण तिनीहरुलाई संक्रमण नभए पनि त्यस्ता चराहरुको सुलीबाट, तिनले प्रयोग गर्ने पानीको सम्पर्कबाट घरपालुवा चराहरुमा बर्ड फ्लूको भाइरस संक्रमण हुने गर्छ ।

जब यो भाइरसले चरालाई आक्रमण गर्छ वा चराको शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुन गई भाइरस क्रियाशील हुन्छ, त्यस्ता चरा वा कुखुराहरुमा बर्ड फ्लूका लक्षणहरु देखापर्न थाल्छन् ।