बेलायतको नयाँ प्रधानमन्त्रीमा बोरिस जोनसन

maitrinews

लन्डन । ब्रिटेनको कन्जरभेटिभ दलले प्रधानमन्त्री थेरेसा मेको उत्तराधिकारीका रूपमा बोरिस जोनसनलाई चुनेको छ।

टोरी दलको नेतृत्वको प्रतिस्पर्धाको परिणाम ब्रिटेनको स्थानीय समयानुसार पौने १२ बजे घोषणा भएको हो।
दलका लगभग एक लाख ६० हजार सदस्यले गरेको मतदानको निर्णय लण्डनमा सार्वजनिक भएको हो।
परिणाम सार्वजनिक भएपछि नयाँ नेताका रूपमा जोनसनले पार्टीपङ्क्तिलाई सम्बोधन गरेका थिए।

बुधवार उनले मेको उत्तराधिकारीका रूपमा ब्रिटेनको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण गर्नुहुनेछ ।