बरिष्ठ साहित्यकार दीक्षितको निधन

maitrinews

 

काठमाडौं । बरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा निधन भएको छ । सरकारले वरिष्ठ साहित्यका दीक्षितको अन्त्येष्टिमा राष्ट्रिय सम्मान प्रदान गर्ने भएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बिहीबार विज्ञप्ति निकालेर दीक्षितको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने जानकारी दिएका हुन् ।
नेपालको इतिहासका साक्षी दीक्षितको निधनमा मन्त्री भट्टराईले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण पनि गरेका छन् ।