कोरोना भाइरसविरुद्ध लड्न भारतमा सांसदको तलब कटौती, सांसद विकास कोष निलम्बित

maitrinews

 

नयाँ दिल्ली । भारतमा कोभिड १९ का कारण उत्पन्न परिस्थितिका कारण त्यहाँको सरकारले पेन्सन र तलबसम्बन्धी नियममा महत्त्वपूर्ण परिवर्तन गर्ने घोषणा गरेको छ।
यसबाट प्रधानमन्त्रीसहित सबै सांसदको तलब ३० प्रतिशतले कटौती हुने बताइएको छ।
मन्त्रिपरिषद्को बैठकपछि भारतका सूचना प्रसारणमन्त्री प्रकाश जावडेकरले सांसदको तलब कटौती गर्ने निर्णय गरिएको जानकारी दिए।
बैठकले दुईवटा महत्त्वपूर्ण निर्णय लिएको भन्दै उनले भने, ूपहिलो निर्णय नेताहरूको तलब र पेन्सनसँग जोडिएको ुसंसद् सदस्य तलब, भत्ता र पेन्सनसँग जोडिएको अधिनियम १९५४ु मा परिमार्जन गरिनेछ। त्यसबाट कोरोनाको महामारीसँग जुझ्न प्रधानमन्त्रीसँगै सबै सांसदहरूको तलब ३० प्रतिशतले कटौती हुन् ।

जावडेकरका अनुसार कटौती एप्रिल १, २०२० देखि लागु हुनेछ र आर्थिक वर्ष २०२० ( २१ सम्म लागु रहनेछ। तलबबाहेक सांसदहरूको भत्ता पनि कटौती गरिनेछ।

मन्त्री जावडेकरले राष्ट्रपति, उपराष्ट्रपति र सबै राज्यका गभर्नरहरूले पनि स्वेच्छाले आफ्नो तलबको ३० प्रतिशत कटौती गर्ने निर्णय गरेको जानकारी दिए।