बन्दुकधारीले जथाभावी आक्रमण गर्दा क्यानडामा प्रहरीसहित १३ जनाको मृत्यु

maitrinews

 

क्यानडा । क्यानडामा प्रहरीको भेषमा आएका एक बन्दुकधारीले १३ जनाको हत्या गरेका छन् । नोभा स्कोटिया प्रान्तमा भएको घटनामा एक जना महिला अधिकारीको पनि ज्यान गएको क्यानडेली प्रहरीले जनाएको छ ।

बन्दुकधारीलाई पक्राउ गर्न प्रहरीले १२ घण्टा कारमा पछ्याएको थियो । बन्दुकधारीको पनि ज्यान गएको बताइएको छ । बन्दुधकारीले अन्धाधुन्ध गोली चलाउन थालेपछि पोर्टापिक्युका बासिन्दालाई घरभित्रै बस्न भनिएको थियो ।
यो घटनालाई क्यानडामा ३० वर्षयता भएको सबैभन्दा ठूलो सामुहिक हत्या मानिएको छ।