गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाव्दारा तरकारी वितरण

maitrinews

 

न्हुच्छेनारायण डंगोल

न्युयोर्क । गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाले समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्देश्यले निःशुल्क तरकारी वितरण गरेको छ।
सनिसाडसान्स संस्थाकी कार्यकारी निर्देशक जेमिफाए बिइनसँग सहकार्य गरी निःशुल्क वितरण गरिएको हो। वहाँले यसै फाउण्डेशन लाई ३० बक्स टमाटर प्रत्येक बक्समा २५ पाउण्ड टमाटर सहयोग स्वरुप प्रधान गर्नु भएको थियो । नेपाली लगाएत प्राय सबै समुदायका मानिसहरु गरी १५० जनालाई वितरण गरिएको जानकारी यसै फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले दिनुभयो।
फाउण्डेशनकै कार्यालय अगाडिबाट लाइन अनुसार सामाजिक दुरीमा क्रमशः वितरण गरिएको थियो।
युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका न्युयोर्क च्याप्टरका अध्यक्ष केशवराम राई लाई यसै फाउण्डेशनका अध्यक्ष घिमिरेले २ बक्स टमाटर लगभग ५० पाउण्ड हस्तान्तरण गर्नुभयो।

फाउण्डेशनको निशुल्क खाद्य सामग्री वितरण कार्यक्रममा तन,मन र बचन दिएर खटने स्वयंसेवकहरु क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामा, केन्द्रीय सदस्य द्वय प्रेम पौडेल, सुर्य सीमखडा, यु।एन।आई ग्लोबल युनियन नेपाल कि प्रथम निर्वाचित महिला अध्यक्ष कमला पन्त, नेवि सघं अमेरिका का निवर्तमान संयोजक प्रभात सापकोटा हुनुहुन्थ्यो।

यसै कार्यक्रममा गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिका की कोशाध्यक्ष ब्रेन्दा राई, नेपाली कांग्रेस का नेता राम बा। के।सि।, नेवि सघंका पुर्व केन्द्रीय सदस्य ज्ञानल थापा लगायत हरुको पनि उपस्थिति रहेको थियो।

गिरिजाप्रसाद कोइराला फाउण्डेशन सनिसाडसाइन्स संस्था की कार्यकारी निर्देशक जेमिफाए बिइन लाई धन्यवाद एवम् हार्दिक आभार प्रकट गरेको छ ।