सांगीतिक समुह डा. पाइलट्स को पुनरागमन

maitrinews

काठमाडौं । १४ वर्ष को लामो अन्तराल पछि सांगीतिक समुह डाक्टर पाईलट्सले आफ्नो पुरानो चर्चित नेपाली गीत “सरकारी जागीर” लिएर सांगीतिक क्षेत्रमा पुनरागमन गरेका छन् । यस समूहले आफ्नो १ दशकको समयमा ५ वटा गीति एल्बम बजारमा ल्याएका थिए । त्यसमध्य ए होइ, मनसून, सरकारी जागीर लगायतका गीतहरुले त्यस समयमा निकै लोकप्रियता कमाएका थिए ।
प्राय सदस्यहरु पढाईको शिलशिलामा विदेशीएपछि यो समुह केहि समयको लागि निस्क्रिय जस्तो देखिएको थियो । तर, अहिले लकडाउनको समयलाई सदुपयोग गर्दै नेपाल, अमेरिका, अस्ट्रेलिया, लण्डन, बेल्जियममा रहेका समूह सदस्यहरु मिलेर सांगीतिक यात्रालाई पुनःसुचारु गर्न नयाँ शैलीमा आफ्नो गीत नयाँ युटूब च्यानल तथा फेसबुकबाट प्रसारण गरेका छन् । आगामी दिनमा यस ब्याण्डले आफ्नो नयाँ गीतहरु पनि नेपाली श्रोताहरु माँझ पस्किने तयारी गरि रहेको बताएका छन् । आफू जहाँ रहे पनि नेपाली संगीतिलाई आफुले नबिर्सिएको र निरन्तर माया गरिरहने उनीहरु बताउँछन् ।