जिन्दगीको रुम्जाटार र धिक्कार , शिवराज कलौनी, भि न पा ३ कंचनपुर
प्रेममा तेरो फूल सँग के सम्वन्ध छ ? भनी हिजो भ्रमरलाइ प्रश्न तेर्स्याउने म
आज बत्ती र पुतली लाई बिर्सेर आफ्नो नेटवर्क सम्झिन बिर्सेको म
किनभने
आज एकाएक मौसम को अदलाबदली झैँ
बदली रहेछ जिन्दगीको रुम्जाटार
सुखा रोटि सँग नुन चुक ले स्वाद लिने मेरो जिब्रो
अर्काको अहित र नोक्सान देखेर स्वाद लिइरहँदा
सुखदुःख मा साथ दिएर हिँड्ने हिजोको म पथिक
आज नग्न दृश्य एवं क्षणिक सुखको स्वाद लिइरहेछ
किनभने
आज एकाएक मौसम को अदलाबदली झैँ
बदली रहेछ जिन्दगीको रुम्जाटार
अरुलाइ सँधै पोजिटिभ मात्रै सोच्नुपर्छ भन्ने मेरो मन
आज आफ्नो सिद्धान्तलाई मात्र पोजिटिभ र त्यसबाहेक अल नेगेटिभ देख्दा
हृदयको सुनामी बाट हात्तीको देखाउने दाँत प्रस्ट देखाइ
अरुलाइ मात्र मूर्ख बनाउदा आफू पनि त्यसमा परिएको नबुझ्ने शठता
किनभने
आज एकाएक मौसम को अदलाबदली झैँ
बदली रहेछ जिन्दगीको रुम्जाटार
पदले ठूलो भए पनि आत्माले भने हर्दम धिक्कारिरहेको भान भैरहेछ
दुई मुठी चामल कनिकाले पुरै अघाउने मेरो पेट
ठुला ठुला प्रोजेक्ट ले पनि भोको जस्तो आज
किनभने
आज एकाएक मौसम को अदलाबदली झैँ
बदली रहेछ जिन्दगीको रुम्जाटार
आफैं विकासवादी सिद्धान्तको ज्ञाता भै सुशासन का आयाम प्रस्ट्याइ हुटिट्याँउ झै गर्ने
आफैं दोहोरो चरित्र देखाइ देश किन बनेन भनी प्रश्न गर्दा
पदले म आफैँ पनि ठुलो हुँदा ,आत्माले भने आफैं लाई धिक्कारिरहेछु
किनभने
आज एकाएक मौसम को अदलाबदली झैँ
बदली रहेछ जिन्दगीको रुम्जाटार