एशियाको सबैभन्दा ठूला लागुपदार्थ गिरोहका नाइके द नेदरल्यान्ड्समा पक्राउ

 

नेदरल्यान्ड्स । द नेदरल्यान्ड्स प्रहरीले अस्ट्रेलियाद्वारा जारी एउटा पक्राउपुर्जीका आधारमा विश्वकै सबैभन्दा ठूलो लागुऔषध समूहका नाइके भएको आरोप लागेका एक व्यक्तिलाई पक्राउ गरेको छ।

चीनमा जन्मिएका क्यानडाली नागरिक सो चि लपलाई ुद कम्पनीुका प्रमुख भएको मानिन्छ।

उक्त गिरोहले एशियाभरि हुने ७० अर्ब डलर बराबरको गैरकानुनी लागुऔषध कारोबारको ठूलो भाग ओगट्छ।

संसारमा सबैभन्दा बढी खोजी गरिएका फरार अभियुक्तमध्येका एक मानिने सोलाई एम्स्टर्डामस्थित स्किपोल विमानस्थलमा पक्राउ गरिएको हो।

अस्ट्रेलियाले आफ्नो देशमा उनीमाथि मुद्दा चलाउन उनको सुपुर्दगी गराउन खोजिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *