सिराहा मालपोत कार्यालयमा बम विस्फोट, ७ जना घाइते, १ जनाको अवस्था गम्भीर

maitrinews

काठमाडौं । सिराहाको लाहानमा रहेको मालपोत कार्यालय प्रांगणमा बम विस्फोट भएको छ ।
विस्फोटमा परी ७ जना घाइते भएका र एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिनुभएको छ ।
लाहान नगरपालिकामास्थित मालपोत कार्यालयमा प्रेसरकुकर बम विस्फाट भएको हो । विस्फोट गराउनेको पहिचान खुलेको छैन । तर घटनास्थलमा तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत समूहको पर्चा भेटिएको छ ।