भारतमा नेपाली महिलाको गोली हानी हत्या
नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीको मजनुका टिलामा व्यापार गर्दै आएकी मिना तामाङको गोली हानी हत्या भएको छ । उनलाई लुटेराहरूले गोली हानी हत्या गरेका हुन् ।
नुवाकोट घर भएकी ४५ वर्षीय तामाङ नयाँदिल्लीको मजनुका टिलामा करिब पाँच वर्ष देखि किराना पसल चलाउँदै आएकी थिइन।