कलंकीमा ढुंगाले हानेर युवकको हत्या, थापा पक्राउ

maitrinews

 

काठमाडौं । काठमाडौँको कलंकीमा एक युवकको हत्या भएको छ । ढुंगा प्रहारबाट गम्भीर घाइते भएका उनको शहीद मेमोरियल अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो ।
उनको हत्यामा संलग्न भएको आरोपमा २१ वर्षीय दिनेश थापालाई प्रक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख अशोक सिंहले जानकारी दिनुभएको छ । घटनाबारे अनुसन्धान जारी छ ।