बसको ठक्करबाट महिलाको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

maitrinews

 

कैलाली । कैलालीको लम्कीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिका १ लम्की बजारमा आज बिहान बाटो काट्ने क्रममा बसले ठक्कर दिँदा २३ बर्षीया कमला देवकोटाकोे मृत्यु भएको प्रहरीले जनाएको छ ।
पश्चिम धनगढीबाट टीकापुरतर्फ जादै गरेको ना ७ ख ८८३३ नम्बरको कर्णली रिभर यातायात प्रालीको बसले लम्कीबजार चोकमै ठक्कर दिएको थियो । बसको ठक्करबाट मृतकका तीन बर्षीय छोरा घाईते भएका छन् । घाईते बालकको उपचार भैरहेको छ भने बस र चालकलाई प्रहरी नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।
मृतकका आफन्तले चालकलाई कडा कारवाही र क्षतिपूर्तिको माग राख्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्नुका साथै लम्कीबजार समेत बन्द गरेका छन् ।