बेपत्ता दम्पतीको शव गाडिएको अवस्थामा

maitrinews

 

 

जनकपुरधाम । महोत्तरी पिपराका एक दम्पतीको शव गाडिएको अवस्थामा फेला परेको छ ।
पिपरा गाउँपालिका– ५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा गत फागुन १० गते राति बेपत्ता भएका थिए । दुबै जनाको शव खाल्डोमा गाडिएको अवस्थामा पिपरा–२ स्थित बाटो छेउमा फेला परेको प्रहरीले जनाएको छ ।
‘झा दम्पतीको घरभन्दा झण्डै साढे ३ किलोमिटर दूरीमा शव फेला परेको छ ।

खाल्डो खनेर निकालिएको शवको दम्पतीको छोरा बुहारीले सनाखत गरेका छन् ।

यसअघि दम्पतीको अपहरण गरेको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पिपरा गाउँपालिका–५ सहोडवा बस्ने ५२ बर्षीय रामबाबु यादव, उनका छोराहरु २६ बर्षीय सुरेन्द्र यादव र २४ बर्षीय राजेन्द्र यादव र पिपरा– ६ बस्ने भारतीय नागरिक ५० बर्षीय हरेन्द्र ठाकुर पक्राउ परेका छन् ।