उत्तर कोरियाव्दारा शक्तिशाली क्षेप्यास्त्र परीक्षण

maitrinews

 

उत्तर कोरिया । उत्तर कोरियाव्दारा शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरिएको छ । उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षणका तस्बिरहरू सार्वजनिक गरेको छ
उत्तर कोरियाले भर्खरै परीक्षण गरिएका क्षेप्यास्त्रहरू नयाँ किसिमका युद्धकौशलीय क्षेप्यास्त्र भएको दाबी गरेको छ। परीक्षणपछि उत्तर कोरियाले पहिलो पटक त्यसबारे टिप्पणी गरेको हो।

प्योङ्याङले झन्डै एक वर्षपछि बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको भए पनि अमेरिकामा जोए बाइडेनले राष्ट्रपतीय कार्यभार सम्हालेपछिको परीक्षण पहिलो हो।

अमेरिका, जापान र दक्षिण कोरियाले अहिलेको परीक्षणको निन्दा गरेका छन्। संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावअन्तर्गत प्योङ्याङलाई बलिस्टिक क्षेप्यास्त्र परीक्षण गर्न प्रतिबन्ध लागेको छ।