अमेरिकामा आँघी, छ जनाको मृत्यु ,कयौँ घरमा क्षति

 

अमेरिका । संयुक्त राज्य अमेरिकामा आएको आँधीबाट कम्तीमा पनि ६ जनाको ज्यान गएको छ। अमेरिकाको दक्षिणी क्षेत्रमा आएको आँधीमा धेरै नागरिक प्रभावित भएका छन्।
अलाबामामा आँधीमा परेर पाँच जनाको ज्यान गएको छ। अरू केही व्यक्ति घाइते पनि भएका छन्। आँधीबाट कैयौँ घरमा क्षति पुगेको छ। केही घर आँधीले भत्काइदिएको छ। अरू भौतिक संरचनामा पनि क्षति पुगेको छ।
अलाबामामा शुक्रबार बिहान आएको आँधीले यहाँको ३८ हजारभन्दा बढी घर विद्युतीकरणबाट वञ्चित भएका छन् भने ठूलो जनसंख्यालाई प्रभावित पारेको बताइएको छ। त्यसैगरी, दक्षिणी न्युन्यान्समा पनि आँधीबाट एकजनाको ज्यान गएको छ।
त्यस क्षेत्रमा बिहीबार रातिदेखि नै टोर्नाडो आएको थियो। यी दुई क्षेत्रमा आँधी आउने सम्भावना अझै पनि रहेकोले सतर्क रहन भनिएको छ। सरकारले ती क्षेत्रका नागरिकलाई घरबाहिर ननिस्किन भनेको छ भने उद्धार र सहयोगका लागि आवश्यक तयारी गरिरहेको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *