अनुशा कार्की यो बर्षकी मिस एयर होस्टेस इन्टरनेशनल

Smrit

काठमाडौँ । यो बर्षकी नाट मिस एयर होस्टेस इन्टरनेशनलको ताज अनुशा कार्कीले जितेकी छन् । बानेश्वर स्थित एभरेष्ट होटलमा शनिबार सम्पन्न प्रतियोगितामा अनुशाले मस्ट फोटोजेनिक र मस्ट ट्यालेन्ट उपाधिको साथमा नाट मिस एयर होस्टेस इन्टरनेशनलको विजेता वनेकी हुन् ।

प्रतियोगितामा फस्ट रनर अप इभा जैशवाल र सेकेन्ड रनरअप प्रिया गुरुङ विजेता छानिएका छन् । यस्तै विभिन्न बिधागत उपाधीहरुमा प्रिया गुरुङ बेस्ट वाक र जब बिजेता (यति एयरलाइन्स), नितिशा बिष्ट बेस्ट फिगर, सिमा गुरुङ बेस्ट पर्शनालिटी, दिपु शेर्पा मस्ट कन्फिडेन्ट, करुना नगरकोटी मस्ट डिसिप्लेन, मञ्जली लामा मस्ट पङ्चुअल, इभा जैशवाल मस्ट ब्यूटीफुल र मस्ट पपुलर, स्वेच्छा बस्नेत बेस्ट स्माइल, प्रकृति अधिकारी बेस्ट पर्फमरका रुपमा छनौट भएका थिए ।

एयर होस्टेस पढ्रिहेका वा एयर होस्टेस बन्न इच्छुक १६ जना प्रतियोगीहरु समावेश गरिएको उक्त प्रतियोगिता दोश्रो संस्करण भएको आयोजकले वताएको छ।