बाइडेनले किमलाई नभेट्ने

 

अमेरिका । राष्ट्रपति जोए बाइडेन उत्तर कोरियाली नेता किम जङ उनलाई भेट्न इच्छुक नरहेको ह्वाइट हाउसले पुष्टि गरेको छ।
अमेरिकी अधिकारीहरू भन्छन्, उत्तर कोरियाप्रति राष्ट्रपति बाइडेनको रवैया उहाँका पूर्ववर्ती डोनल्ड ट्रम्पको भन्दा फरक हुनेछ।

बाइडनले किमलाई भेट्न किन चाहेका छैनन् भन्नेबारे ह्वाइट हाउसले केही उल्लेख गरेको छैन।

एकअर्कालाई धम्की दिने गरेको एक वर्षपछि सन् २०१८ मा ट्रम्प र किमबीच पहिलो पटक सिङ्गापुरमा भेटवार्ता भएको थियो।
उत्तर कोरियाली नेतालाई भेट्ने ट्रम्प पहिलो बहालवाला अमेरिकी राष्ट्रपति थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *