ब्रजिलमा स्थल,जल र हवाई सेना प्रमुखव्दारा राजीनामा

 

ब्राजिल । राष्ट्रपति जइर बोल्सोनारुले राजनीतिक सङ्कट जेलिरहेका बेला ब्रजिलका सेना, नौसैनिक तथा हवाई फौजका प्रमुखहरूले एकसाथ राजीनामा दिएका छन्।

राष्ट्रपतिले सेनामाथि अनावश्यक दबाव दिने प्रयास गरेको विरोधमा उनीहरूले राजीनामा दिएको बताइएको छ।

सोमवार मात्रै आफ्ना विदेश तथा रक्षामन्त्री दुवैले राजीनामा दिएपछि मन्त्रिपरिषद्‌ पुनर्गठन गर्न बोल्सोनारु बाध्य भएका थिए।

कोरोनाभाइरस महामारीलाई लिएर राष्ट्रपतिको लोकप्रियता खस्कँदो छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *