दुई अर्ब ठगी गर्ने गुडविलका अध्यक्ष श्रेष्ठ पक्राउ

maitrinews

काठमाडौं। रकम हिनामिना गरेर फरार रहेका ललितपुरको गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठ पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले अध्यक्ष श्रेष्ठलाई पक्राउ गरेको हो। परिसरको टोलीले उनलाई चितवनमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको परिसरका एसएसपी किरण बज्राचार्यले जानकारी दिनुभयो ।

दुई अर्ब बराबरको ठगीको उजुरीमा खोजी भइरहेको थियो। पक्राउ गरेर काठमाडौं ल्याएका छौं, एसएसपी बज्राचार्यले भन्नुभयो ।

ऋण तिर्न नसकेपछि उनी फरार भएका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।