भारतमा एकैदिन एक लाखभन्दा बढी संक्रमित

maitrinews

 

नयाँदिल्ली । भारतमा पहिलो पटक एकैदिन एक लाख भन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका छन् । गत सन् २०१९ को डिसेम्बरको अन्त्यदेखि चीनबाट देखिएको कोरोनाको संक्रमण भारतसम्म आइपुग्दा गत वर्षको सेप्टेम्बर १६ मा ९७ हजार ८५९ संक्रमित थपिएका थिए ।

तर भारतमा कोरोनाको दोस्रो लहर देखिएसँगै आइतबार ९चैत २२ गते, ४ अप्रिल २०२१ ० मा १ लाख ३ हजार ७९४ जना संक्रमित एकैदिन थपिएका छन् ।
यसले भारतमा कोरोनाको संक्रमण नियन्त्रणबाहिर पुगेको देखिएको छ । लगातार तेस्रो दिन भारतमा विश्वकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् । यो निकै ठूलो भयावह स्थिति हो ।