सुरेन्द्र श्रेष्ठको स्वभाविक अभिनयमा ओइलिएको माया
काठमाडौं। यज्ञ राईको गायन तथा विष्णु अधिकारीको संगीत र तारा सुवेदीको शव्द रचना रहेको यसपालिको खडेरीमा माया ओइलायो वोलको गीतको भिडियो सार्वजनिक भएको छ।
मायामा संसार भुल्ने र भुलाउने मायाबी प्रेमीलाई प्रेमिकाले धोका दिएर अरुसंगै जाँदा उक्त प्रेमीमा आएको नैराश्यताको पराकाष्ठतावाट निम्त्याएको दुःखद अन्त्यको कथा भएको गीतको भिडियो सार्वजनिक भएको हो।
जसमा मायाबी प्रेमीको भूमिकामा सुरेन्द्र श्रेष्ठको स्वभाविक अभिनय रहेको छ। उनै माया गर्ने नायक सुरेन्द्रलाई धोका दिएर अन्ततिर लाग्ने प्रेमिकाको भूमिकामा अनुशा मगर रहेकी छन्।
निर्देशन अभ्य डंगोलले गरेका हुन्। भक्तपुरको रानीकोट तथा बोडेको प्रसिद्ध निलवाराही जंगल वरपर खिचिएको भिडियो यथार्थपरक देखिएको छ।
https://www.youtube.com/watch?v=T38xa99tFyM