विद्रोहीव्दारा जेलमा आक्रमण, १८ सय भन्दा बढी कैदी फरार

maitrinews

 

नाइजेरिया । बन्दुकधारीहरूको आक्रमणपछि नाइजेरियाको एउटा जेलबाट १,८०० भन्दा बढी कैदीहरू भाग्न सफल भएको अधिकारीहरूले बताएका छन्।
आक्रमणकारिहरू दक्षिण(पूर्वी सहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा बिस्फोटकको प्रयोग गरेर भित्र पसेका थिए।
हालसम्म भागेका ६ जना कैदिहरू फर्किएको बताइएको छ।
३५ जनाले भने त्यहाँबाट भाग्न अस्विकार गरेका थिए।

प्रहरीले प्रतिबन्धित पृथक्तावादी समूह द इन्डीजीनीएस पीपल अफ बीयाफ्राले आक्रमण गरेको आरोप लगाएको छ।

तर उक्त समूले आफ्नो सङ्लग्नता अस्विकार गरेको छ।

जेलबाट १,८४४ कैदी फरार भएको अधिकारीहरूले बताएका छन्।
पीकअप ट्रक र बस चढेर भारि हतियारसहित आएका आक्रमणकारीहरू ओवेरी कस्टोडीयल सेन्टर प्रवेश गरेका थिए।

प्रहरी प्रवक्ताका अनुसार आक्रमणकारीहरुले रकेटबाट फ्याक्न सकिने ग्रेनेड, स्वचालित बन्दुक, बिस्फोटक पदार्थ र राइफल बोकेका थिए।