पुटिनको सत्ता २०३६ सम्म जानसक्ने

maitrinews

 

मस्को । रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले आफ्नो कार्यकाल लम्ब्याउनसक्ने कानुनमा हस्ताक्षर गर्नुभएको छ । सन् २०२४ मा आफ्नो कार्यकाल सकिए पनि पुटिनले २०३६ सम्म सत्तामा रहन सक्ने कानुनी व्यवस्थामा गर्नुभएको हो ।

नयाँ कानुन जारी भएसँगै आफ्नो कार्यकाल सकिएको ६ वर्षसम्म पुटिनले शासन गर्ने बाटो खुल्नेछ । राष्ट्रपति पुटिनका कार्यकाल ल्म्ब्याउनका लागि रुसले गत वर्ष नै संविधान संशोधन गरेको थियो ।
नयाँ कानुनी व्यवस्थासँगै ६८ वर्षिय राष्ट्रपति पुटिनले रुसमा ८३ वर्षको उमेरसम्म रुसको नेतृत्व गर्नुहुनेछ। चौथो पटक राष्ट्रपति भएका पुटिनको यो दोस्रो कार्यकाल हो ।