बेलायतका राजकुमार फिलिपको निधन

 

लण्डन । महारानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको बकिङ्घम राजदरबारले घोषणा गरेको छ।
राजदरबारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, गहिरो दुःखका साथ महारानीले उहाँका प्रिय पति ड्यूक अफ एडिनबरा राजकुमार फिलिपको निधन भएको घोषणा गर्नुभएको छ ।

ूमहामहिमको शान्तिपूर्वक शुक्रबार बिहान विन्डसर क्यासलमा निधन भएको छ।

गत महिना ड्यूक अफ एडिनबरा एक महिना अस्पताल बसेर डिस्चार्ज हुनुभएको थियो ।

ूशाही परिवार उहाँको निधनमा शोक मनाइरहेका संसारभरका मानिसहरूको साथ छ,ू विज्ञप्तिमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *