नियम उल्लंघनमा नर्वेका प्रधानमन्त्रीलाई २० हजार जरिवाना

maitrinews

 

नर्वे । जन्मदिन मनाउँदा नियम उल्लंघन भएको भन्दै नर्वेका प्रधानमन्त्री एर्ना सोल्वेगलाई २० हजार क्रोनर करिब दुई लाख ८० हजार नेपाली रुपैयाँ जरिवाना हुने भएको छ ।
प्रधानमन्त्री सोल्वेगले गत फेब्रुअरी २५ का दिन आफनो ६०औं जन्मदिन मनाउन आफूसहित १४ जना परिवारिक सदस्यसँग दुई दिनको लागि नर्वेको राजधानी ओस्लो बाहिर होल नगरपालिका जानुभएको थियो । सोही क्रममा कोरोना रोग नियन्त्रण गर्न नर्वे सरकारले जारी गरेका नियमको उल्लघंन भएको सरकारी संचारमाध्यम एनआरकेले समाचार सार्वजनिक गरेको थियो ।

समाचार सार्वजनिकसँगै प्रहरीले अनुसन्धान थालेको थियो । शुक्रबार अनुसन्धान सम्पन्न गरेर प्रहरीले पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री सोल्वेगबाट नियमको उल्लघंन भएको निष्कर्ष निकाल्दै २० हजार क्रोनर जरिवाना हुने निर्णय सुनाएको हो ।