करिना कपुरको मास्कको चर्चामा व्यापकता

काठमाडौं। भारतीय अभिनेत्री करिना कपुरले लाएको मास्कको पनि व्यापक चर्चा तथा परिचर्चा हुन थालेको छ। दोश्रो सन्तान जन्माएर नियमित काममा फर्केकी अभिनेत्री कपुरले भारतमा कोरोनाको दोश्रो लहर शुरुभएयता कोरोनावाट बच्न लगाउंदै आएको मास्कको चर्चा चुलिएको हो।

करिनाले लगाएको मास्कमा सेतो अक्षरमा ‘एलभी’ लेखिएको छ । ‘एलभी’ ब्रान्डको वेबसाइटमा यो मास्कको मूल्य अमेरिकी ३५५ डलर रहेको छ । भारतको मूद्रामा यो मास्कको मूल्य २६ हजार र नेपालमा करिब ४१ हजार ६ सय पर्न जान्छ ।

भारतमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएसँगै दैनिक उच्च संख्यामा संक्रमित थपिदै आएका छन् । बलिउडका स्टारहरु पनि एकपछि अर्को गर्दै कोरोना संक्रमित हुँदै आएका छन् । यसक्रममा इन्स्ट्राग्राम मार्फत कोरोनावाट बच्न र बचाउन मास्क अनिवार्य प्रयोग गर्न उक्त महंगो मास्क लगाएर करिनाले सचेतना अभिबृद्धि गर्ने कार्य गरेकी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *