अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ता गर्ने

 

अमेरिका । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले सबैभन्दा लामो युद्ध अन्त्य गर्न मे १ देखि अफागानिस्तानमा रहेका आफ्ना सेना फिर्ता बोलाउने घोषणा गर्नुभएको छ ।

सन् २००१ मा अमेरिकास्थित विश्व व्यापार संगठनको भवनमा भएको हमलाको २०औं वार्षिकीसँगै आतंकवादविरुद्ध लड्न अफगानिस्तान पठाएका आफ्ना सेना फिर्ता बोलाउन थाल्ने राष्ट्रपति बाइडेनले बताउनुएको हो ।

अलकायदा समुहले हमला गरेसँगै अमेरिकाले विश्वभर आतंकवादविरुद्ध लड्ने भन्दै अफगानिस्तानमा आफ्ना सेना पठाएको थियो ।

अफगानिस्तानमा हाल २५ सय अमेरिकी सेना र करिब ९ हजार ६ सय उत्तर एटालान्टिक सन्धि संगठन ९नाटो० सम्बद्ध सैनिक रहेको बताइएको छ ।

यसअघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अफगानिस्तानमा शान्ति वार्ता गरेर आफ्ना सेना फिर्ता बोलाउने प्रयास थालेपनि आन्दोलनरत र सरकारी पक्षको अविस्वासका कारण अफगानिस्तानको शान्ति वार्ता अघि बढ्न सकेको थिएन ।

सो समय सरकारले बन्दी बनाएका तालिवानी लडाकू र विद्रोहीले नियन्त्रणमा लिएका सेना तथा सर्वसाधारणलाई बिनासर्त फिर्ता गरेर वार्ताको वातावरण बनाउने भनिएपनि पूरा हुन सकेका थिएन ।