अश्वेत युवकको हत्या गर्ने प्रहरी अधिकृत पक्राउ

 

अमेरिका । अमेरिकाको मिनसोटामा एक अश्वेत मोटर चालकलाई गोली हानी हत्या गरेको आरोपमा एक श्वेत प्रहरी अधिकृतलाई पक्राउ गरिएको छ।

उनीमाथि गैरन्यायिक हत्या सेकेन्ड डिग्री म्यानस्लटरको मुद्दा चलाइने अभियोजनकर्ताहरूले जनाएका छन्। पक्राउ परेकी प्रहरी अधिकृत किम पोटरलाई हाल अनुसन्धानका लागि हिरासतमा राखिएको छ।

पोटरले २० वर्षीय डन्टे राइटमाथि दुर्घटनावस आफूले गोली चलाएको बयान दिएकी छन्। उनले अचेत बनाउन प्रहार गर्नुपर्नेमा गल्तीले बन्दुक पड्कन पुगेको दाबी गरेकी छन्। नियतवस गोली प्रहार गरी हत्या गर्ने आफ्नो मनसाय नभएको तर त्यो एक दुर्घटना भएको उनले भनेकी छन्।

राइटका पारिवारिक वकिल बेल क्रुम्पले चाहिँ उक्त हत्या ‘सुनियोजित र शक्तिको गैरन्यायिक प्रयोग’ भएको दाबी गरेका छन्। पोटर र प्रहरी प्रमुख टिम गानन‌ले ब्रुकलिन सेन्टर फौज छाडेका छन्। उक्त हत्याले प्रहरी र प्रदर्शनकारीबीच तीन रात लामो झडप भएको थियो। उक्त घटना मिनियापलिस क्षेत्र पहिले नै तनावमा रहेका बेला भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *