राजकुमार फिलिपको अन्त्यष्टि

 

लण्डन । महारानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपको अन्तिम संस्कार विन्ड्सर कासल परिसरमा रहेको सेन्ट जोर्जेज् च्यापलमा भएको छ।राजकुमार फिलिपको शवलाई त्यहाँस्थित रोयल भल्टमा समाधिस्थ गरिएको छ।

कोरोनाभाइरस नियन्त्रणका लागि कार्यान्वयन गरिएका नियमका कारण राजकुमार फिलिपको अन्तिम संस्कारमा सीमित व्यक्तिहरू मात्र सहभागी भएका थिए।
अन्तिम संस्कारको विधि गरिएको बेला सेन्ट जोर्जेज् च्यापलको क्वाईरको अग्रभागमा महारानी एलिजाबेथ एक्लै बस्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *