अनामनगरमा महिलाको बीभत्स हत्या

maitrinews

 

काठमाडौं । काठमाडौंको अनामनगर स्थित बुलबुले मार्गमा एक महिलाको बीभत्स हत्या भएको छ। गए राति ४८ वर्षीय रोशनी राजभण्डारीलाई फलामको रड प्रहार गरी हत्या भएको प्रहरीले जानकारी दिएको छ। हत्या गरेको अभियोगमा प्रहरीले उनकै देवरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

फलामको रड प्रहार गरेर देवरले हत्या गरेको खुलेको छ। यस विषयमा थप अनुसन्धान गरिरहेका छौँ, महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी सुशील सिंह राठौंरले भन्नुभयो ।
प्रहरीले हत्या अभियोगमा मृतकका देवर मोहनराज राजभण्डारीलाई नियन्त्रणमा लिएको छ। महिला बाटोमा हिँडिरहेकी थिइन। त्यही समयमा आएर हानेको बुझिएको छ। थप अनुसन्धान गरिरहेका छौँ, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने। उनी हत्या गरेपछि आफैं प्रहरी कार्यालय पुगेका थिए।

देवर भाउजूबीच पहिलेदेखि नै मनमुटाव भएको प्रारम्भीक अनुसन्धानमा देखिएको छ।