इजिप्टमा रेल दुर्घटना, ११ को मृत्यु, ९८ जना घाइते

maitrinews

 

कायरो । इजिप्टमा रेल दुर्घटना हुँदा ११ को मृत्यु, ९८ जना घाइते
एजेन्सी । इजिप्टमा रेल दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । राजधानी कायरोको उत्तरमा रहेको क्वालेबिया प्रान्तमा भएको दुर्घटनामा ९८ जना घाइते भएका छन् ।
कायरोबाट नाइल डेल्टा शहरका लागि छुटेको रेल अनियन्त्रित भई लिक बाहिर जाँदा दुर्घटनामा परेको हो । चारवटा डिब्बा भएको रेल दुर्घटना हुँदा अधिकांश यात्रुहरु उछिट्टिएर घाइते भएका हुन् ।
सन् २००१ मा भएको रेल दुर्घटनामा ३७० जनाको मृत्यु भएको थियो । यस्तै गत मार्च महिनामा भएको दुर्घटनामा २० जनाको मृत्यु भएको थियो ।