महाराष्ट्रमा अक्सिजन चुहिँदा २२ जनाको मृत्यु

maitrinews

 

महाराष्ट्र । भारतमा महाराष्ट्र राज्यको नासिकस्थित एउटा अस्पतालमा अक्सिजन भण्डारण गरिएको ट्याङ्कीबाट अक्सिजन चुहिएर भएको दुर्घटनामा कम्तीमा २२ जना व्यक्तिको मृत्यु भएको छ ।
उक्त अस्पतालमा १५० जना बिरामी भएको र तीमध्ये २३ जनालाई भेन्टिलेटरमा राखिएको छ ।

भारतीय समाचारसंस्था एएनआईका अनुसार नासिकस्थित डाक्टर जाकिर हुसैन अस्पतालमा ट्याङ्करबाट अक्सिजन भर्ने क्रममा उक्त घातक दुर्घटना भएको हो।
अक्सिजन चुहिएकाले अस्पतालमा आधा घण्टासम्म अक्सिजनको आपूर्ति अवरुद्ध भएको थियो।