भारतमा संसारमै सबैभन्दा बढी दैनिक सङ्क्रमण

 

नयाँदिल्ली । भारतमा विगत २४ घण्टामा तीन लाख १४ हजार ८३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

यो संसारको कुनै पनि देशमा एकै दिन सङ्क्रमण पुष्टि भएको सबैभन्दा ठूलो सङ्ख्या हो।

बुधवार नै भारतमा २,१०४ जनाको सङ्क्रमणसम्बन्धी कारणले मृत्यु भएको छ जुन त्यहाँ भएको दैनिक सर्वाधिक मृत्यु हो।

योसँगै भारतमा कुल सङ्क्रमण सङ्ख्या लगभग एक करोड ६० लाख पुगेको छ ।

भारत कोभिडको घातक दोस्रो लहरमा परेको छ र त्यहाँ भएको अक्सिजनको कमीले बिरामी थेग्नै नसकेको स्वास्थ्य सेवालाई झन् प्रभावित बनाएको छ।
भारतभर अक्सिजन कुर्दाकुर्दै मानिसहरूको मृत्यु भएको विवरण आएका छन्। यसरी मृत्यु हुनेको यकिन सङ्ख्या भने पत्ता लाग्न सम्भव छैन।