आमा भएर बोकी हेर सन्तानका पीरहरु-आज आमाको मुख हेर्ने दिन

काठमाडौं। वैशाख कृष्ण औंसीका दिन मनाइने पर्व आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसी । यस पर्वमा जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिने परम्परा छ ।

आमा नभएकाहरु भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

यस दिन दिवङ्गत आमाको सम्झनामा थानकोट नजिकैको मातातीर्थमा मेला लाग्ने गरेकोमा गत वर्ष जस्तै यस वर्ष कोरोना महामारीका कारण स्थगित गरिएको छ ।

कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण छोरा छोरी आमा भएका स्थानमा पुग्न नसके भिडियो कल तथा फोन कलवाट पनि आशीर्वाद लिने तथा दिने काम भएको छ। घरघरमै बसेर जीवित आमालाई खुशी बनाउने र दिवंगत आमाका नाममा श्रद्धा प्रकट गर्न सकिने शास्त्रिय मान्यता अनुसार नै सन्तानवाट भैरहेको छ।

आमा भएर बोकी हेर सन्तानका पीरहरु
आमा भएर बाँढी हेर सन्तानका खुशीहरु।।।
आफ्नोलागि त सबै बाँच्दछन् यस लोकमा
अरुकोलागि बाँची हेर सन्ताप अनि दुःखमा।।।
( सम्पूर्ण आमाहरुमा समर्पित)

Photo-Mrs.Tourishm Amabassador of World Shilashma Hamal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *