कोभिड–१९ रोकथाम गर्न ४ अर्ब ३१ करोड ८५ लाख ६० हजारको विनियोजन

Smrit

काठमाडौं। कोभिड–१९ को रोकथाम, अस्पतालको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ ।

मन्त्रालयले २६ वटा केन्द्रीय र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड २० लाखको सहमति दिएको हो ।

केन्द्रीय र प्रदेशिकसहित २५ वटा अस्पताललाई एचडीयू स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजारको सहमति दिएको मन्त्रालयले जनाएको छ ।