सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो, चाँदी भने घट्यो

काठमाडौं, १० कात्तिक । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख ८२ हजार ३०० रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला दुई लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, मंगलबार सुनको मूल्य प्रतिदश ग्राम दुई लाख ४२ हजार २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

यसैगरी, चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँले घटेको छ। सोमबार प्रतितोला तीन हजार ९९५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर तीन हजार ९७० रुपैयाँ कायम भएको हो।

मंगलबार चाँदीको मूल्य प्रतिदश ग्राम तीन हजार ४०४ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *