सुन तोलामा ३ हजार रुपैयाँले बढ्यो
काठमाडौँ, ९ कात्तिक । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँ र चाँदीको मूल्य ४० रुपैयाँले बढेको हो।
महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन आइतबार सुन प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ३ हजार ९९५ रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला ३ हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो।
