‘मुद्दामा दबाब दिने स्ट्राटेजी अनुसार आउन मिल्छ कि मिल्दैन ?’ – महान्यायाधिवक्ता

काठमाडौं । आचारसंहिता बिपरित पक्ष र बिपक्ष दुवैतर्फ सुझाव तथा बहशमा उभिनुभएका कांग्रेस सभापति शेरबहादुर देउवा पक्षधर कानून ब्यवसायीलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले कठोर आदेश दिनुभएको छ । संबैधानिक इजलाशमा आजको सुनुवाईको क्रममा गोबिन्द बन्दीले न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीमाथि प्रश्न उठाउनु भएको थियो । अधिवक्ता बन्दीले दुवै न्यायाधीशहरूलाई इजलासमा राख्न नमिल्ने जिकिर गर्नुभएपछि प्रधानन्यायाधीशले जवाफ दिनुभएको हो ।
शुक्रबार पनि नेकपा एकता बदर गर्ने न्यायाधीश बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासमा राखिएको भनेर बन्दीलगायतका कानून व्यवसायीले आपत्ति जनाएपछि इजलासमा विवाद भएको थियो । आज पनि उहाँहरुले मुल मुद्धाका कानूनी आधार पेश नगरी न्यायाधीशमाथि प्रश्न उठाउनु भएको हो । बन्दीको यो भनाईलगत्तै इजलाशबाट प्रधानन्यायाधीश राणाले सचेत गराउनु भयो । न्यायाधीशमाथि फैसलाको आधारमा गलत या सही भन्न नपाउने आदेशसमेत उहाँले सुनाउनु भयो । ‘तपाईं यसरी बहस गर्न पाउनु हुन्न । तपाईं गलत या सही भन्न पाउनु हुन्न,’ प्रधानन्यायाधीशको आदेश थियो ।

यसै सन्दर्भमा महान्यायाधिवक्ता रमेश बडालले संसद विघटनको मुद्दामा अदालतलाई दबाब दिन खोजिएको आरोप लगाएका छन् । संसद विघटनसम्बन्धी मुद्दा सुनुवाइ गरिरहेको संवैधानिक इजलासमा उनले रिट निवेदक पक्षबाट अदालतलाई दबाब दिने काम भएको आरोप लगाएका हुन् ।‘

‘यदि हामी स्वच्छ सुनुवाइ गर्छौं भने मुद्दाका पक्षले के के पालना गर्ने त्यो पनि आदेश हुनुपर्छ’ उनले भने ‘मुद्दाका पक्षले पालना गनुपर्ने विषयमा बहस पनि सँगसँगै हुनुपर्छ ।’बडालले अघि भने ‘पक्षका तर्फबाट उपस्थित भएकाहरुले पालना गर्नुपर्ने कुरा के के हो ? फेयर ट्रायलको ग्यारेन्टी हुनुपर्छ ।’

बडालले न्यायाधीशमाथि प्रश्न उठाउनु, प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको खबर सार्वजनिक हुनु र विपक्षी दलहरुको संयुक्त बैठक बसेर गरेको निर्णयले पनि स्वच्छ सुनुवाईमा असर पारेको दावी गरे । उनले अघि भने, ‘मुद्दामा दबाब दिने स्ट्राटेजी अनुसार आउन मिल्छ कि मिल्दैन ?’

‘उहाँहरुको बैठकले प्रत्येक दिन केही न केही कुरो गरेर मिडियामा नजाने हो भने मुद्दा कमजोर छ मुद्दा बलियो बनाउन मिडिया स्ट्राटेजी चलाउने निर्णय गर्नुभयो’ बडालले भने ।

महान्यायाधिवक्ता बडालले संवैधानिक इजलासमा रहेका न्यायाधीशमाथि प्रश्न नउठाउन रिट निवेदकलाई चेतावनी दिए । उनले न्यायाधीशमाथि प्रश्न उठाउने हो भने आफूहरुले पनि निवेदन दिने बताए ।

सर्वोच्च अदालतका न्यायाधीशले सरकार विरुद्धका कुनै न कुनै मुद्दामा हेरेको भन्दै बडालले भने ‘प्रधानमन्त्री विपक्षी भएको कुनै पनि मुद्दा यो अदालतले हेर्न मिल्दैन । श्रीमानहरु सबैले सरकारविरुद्ध कुनै न कुनै मुद्दा हेर्नुभएको छ ।’ उनले अघि भने ‘यदि हेर्न मिल्छ भने यो इजलास कम्पिटेन्ट छ ।’