युवती सन्तोषीका हत्यारा पक्राउ
काठमाडौं । २७ वर्षीया युवती सन्तोषी सुब्बाका हत्या आरोपी पक्राउ परेका छन् ।
नेपाल प्रहरीको अपराध अनुसन्धान टोलीले सुवास तिमल्सिना नाम गरेका व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउ परेका तिमल्सिनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । महानगरीय अपराध महाशाखाले बिहीबार पत्रकार सम्मेलन गरेर अभियुक्त तिमल्सिनालाई सार्वजनिक गरेको हो । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी १४ घर भइ दक्षिणकाली नगरपालिका ७ बस्ने २९ वर्षीय सुरेशले सन्तोषीको हत्या गरेको खुलेपछि असनबाट पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको हो ।
असार ६ गते दक्षिणकाली पुगेकी सन्तोषीले सुरेश तिमिल्सिनाले खाना र सुन्ते व्यवस्था मिलाइदिने आश्वासन दिएर बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ।बलात्कारको प्रयासको सुब्बाले प्रतिकार गरेपछि घाँटी थिची उनैको सलले घाँटीमा बेरेर हत्या गरेर ढुंगाले अनुहारमा प्रहार गरेर फरार भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। हत्या पश्चात अनुहारमा पटक पटक ढुंगा प्रहार गरी सुरेश फरार भएका थिए ।
प्रहरीले शव सन्तोषीको भएको बुधबार पुष्टि गरेको थियो भने त्यसको २४ घण्टा नबित्दै हत्या आरोपीलाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो।