वडाध्यक्षको हत्या

maitrinews

 

सर्लाही । सर्लाहीको ईश्वरपुरमा वडाध्यक्षको हत्या भएको छ। ईश्वरपुर(३ भक्तिपुरका वडाध्यक्ष करिब ५५ वर्षीय सूर्यकुमार श्रेष्ठको शुक्रबार राति हत्या भएको प्रहरीले जनाएको छ।

भर्खरै खनिएको पोखरीको निरीक्षण गर्न जाँदा भएको विवादको क्रममा डोजर चालकसहित केही व्यक्तिले वडाध्यक्षको हत्या गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
लअभिि

ईश्वरपुर नगरपालिकाका मेयर मनोज देवकोटाले पनि वडाध्यक्ष श्रेष्ठको हत्या भएको पुष्टि गरे। देवकोटाका अनुसार ईश्वरपुर( ३ को मुखलाल बाँधमा पोखरी विस्तारको अनुगमन गर्न जाँदा जेभिसीको बकेटले हिर्काएर वडाध्यक्षको हत्या गरिएको हो।

शनिबार साँझ जेसीभीका ठेकेदार प्रेम दाहालसँगै श्रेष्ठ पनि पोखरी निरीक्षण गर्न बाँध स्थलमा गएका थिए।

सो क्रममा नजिकैको पसलमा खाजा खानेक्रममा जेसिभीका चालक हर्कबहादुर तामाङ र वडाध्यक्षबीच बिबाद भएको थियो। खाजा खाएपछि दुवै पोखरी बिस्तार भइरहेको ठाउँमा गएका थिए।

‘बिवादका क्रममा आक्रोशित जेसिभी चालकले वडाध्यक्ष श्रेष्ठको टाउको र छातीमा बकेटले प्रहार गरेछन्,’ मेयर देवकोटाले भने, ‘हत्या गरेपछि वडाध्यक्षको शव त्यहीँ पुरेर चालक भागेका रहेछन्।’