सुमन दाहालको निर्देशनमा हेर्दा हेर्दै सार्वजनिक

Smrit

काठमाडौ। अमेरिका जस्तो ठाउँमा ब्यस्त जीवन बिताइरहेका युवा निर्देशक सुमन दाहालले फुर्सदको समयमा नेपाली गीत–संगीतलाई माया गर्दै आएका छन् । यसक्रममा निर्देशक दाहालले पछिल्लो पल्ट ‘हेर्दा हेर्दै…’ म्युजिक भिडिया निर्देशन गरेर सार्वजनिक गरेका छन् ।

सुदन डोटेलको शब्द, सरोज प्याकुरेलको संगीत, मनोहर सुनामको संगीतसंयोजन रहेको गीतमा कृष्ण काफ्ले र रिता केसीको गायन रहेको छ ।

भिडियोमा भुवन लोहनी र रञ्जिता ढकालले अभिनय गरेका छन् भने बिकाश गुरुङको कोरियोग्राफी, भुपेन्द्र अधिकारीको सम्पादन रहेको ‘हेर्दा हेर्दै…’ गीतको म्युजिक भिडियो पवन गौतमले खिचेका हुन् ।