एकै परिवारका ६ जनाको बीभत्स हत्या

maitrinews

 

विराटनगर । संखुवासभाको मादी नगरपालिका– १ खोला गाउँ टोलमा एकै परिवारका ६ जनाको विभत्स हत्या भएको छ । बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको हो । आँखा देख्न र कान सुन्न नसक्ने ९३ वर्षीय बौद्धमान भने सकुशल छन् ।

प्रहरीका अनुसार बौद्धमानका छोरा तेजबहादुर कार्की, श्रीमती पार्वती कार्की, बुहारी कमला कार्की, तेजबहादुरकी बुहारी रञ्जना कार्की र तेजबहादुरका नाती विपिन र नातिनी गोमा कार्कीको हत्या भएको हो । स्थानीय शिक्षक योगेन्द्र ओझाका अनुसार मृतकको शव घर वरिपरि यत्रतत्र छरिएको छ ।