एमालेले बोलायो संसदीय दलको बैठक

 

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।
बुधबार संघीय संसदका दुवै सदन आह्वान भएकाले एमालले संसदीय दलको बैठक बोलाएको हो ।

बुधबार बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बैठक बस्न लागेको पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

संघीय संसदको बैठक अपराह्न ४ बजे बोलाइएको छ । बैठकमा संसदमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल हुने छ