बीभत्स हत्या गरिएका ६ जनाको शव धरान पठाइयो

maitrinews

 

खाँदबारी । सङ्खुवासभाको मादी नगरपालिका वडा न। १ उम्लिङमा हत्या भएको छ जनाको शवलाई विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जनाइएको छ । सोमबार राती स्थानीय बौदमान कार्कीको परिवारलाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरि हत्या गरेको थियो ।

मृतक सबैको टाउको र शरीर भर धारिलो हतियार प्रयोग नभई रड प्रहार गरि हत्या भएकोे प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदीले जानकारी दिनुभयो । ८५ वर्षिय बौदमान कार्की सकुसल रहेको डिएसपी सुवेदीको भनाई छ । बौदमान कार्कीलाइ उक्त घटना कतिवेला भयो भन्ने कुनै जानकारी नभएको बताइएको छ । उनी कान नसुन्ने र हल्का आँखा समेत देख्न नसक्ने रहेका छन् ।

उक्त घटना अनुसन्धानको लागि अहिले सङघीय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको कमाण्डमा विशेष टिम घटना लगायत इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडा र जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदीको टोलीले अनुसन्धन गरिरहेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो ।