चिर्पट प्रहार गरी छ जनाको हत्या गरेको खुलासा

maitrinews

 

काठमाडौँ । मादी नगरपालिका(१ उम्लिङखोला गाउँका तेजबहादुर कार्कीसहित ६ जनाको हत्या आरोपमा प्रहरीले उनका भतिजा लोकबहादुरलाई पक्राउ गरेको छ। २५ वर्षीय लोकबहादुरले चिर्पट प्रहार गरेर ६ जनाको हत्या गरेको प्रहरीमा अनुसन्धानमा देखिएको छ ।

प्रदेश १ प्रहरी कार्यालयका डीआईजी अरुण बिसीले आइतबार पत्रकार सम्मेलनमा अभियुक्त सार्वजनिक गर्दै ुव्यक्तिगत रिसइवीुका कारण हत्या भएको बताएका छन् ।

मृतक तेजबहादुर र लोकबहादुर नाताले काका भतिज हुन् । अभियुक्त लोकबहादुरका बुवा शारिरिक रुपमा अशक्त छन् । तेजबहादुरलाई लोकबहादुरका हजुरबुवाले आफू मरेर गएपछि परिवारको हेरचाह र अभिभावकत्व गरिदिन आग्रह गरेका थिए । त्यही आग्रह बमोजिम तेजबहादुर लोकबहादुरको घरमा नियमित रुपमा जान्थे । लोकबहादुरको परिवार आर्थिक हिसाबमा तेजबहादुरको तुलानामा कमजोर छ । तेजबहादुर लोकबहादुर र उनका भाइलाई सम्झाउने र भविष्य राम्रो बनाउन सल्लाह दिन्थे । कहिले काँही गाली पनि गर्थे । त्यही विषयलाई लोकबहादुरले व्यक्तिगत कुण्ठा र रिसिइबी बनाएपछि घटना भएको प्रहरीले जनाएको छ ।